coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

जय बागेश्वरी सिमेन्टका मालिकमाथि अज्ञात समूहद्धारा आक्रमण

कोहलपुर- अज्ञात समूहले आइतबार राति जय बागेश्वरी सिमेन्टका सञ्चालक तथा म्यानेजरमाथि सांघातिक आक्रमण गरेको छ। जानकी गाउँपालिकास्थित गनापुरमा रहेको उद्योगबाट राति नेपालगन्ज बजारतर्फ फर्कदै गर्दा म्यानेजर तथा सञ्चालक एमएल शर्मामाथि आक्रमण भएको हो।

दुई जनाको समूहमा आएका व्यक्तिले उनको कार रोकेर बीच सडकमा कुटपिट गर्दै मोबाइल समेत चोरेका छन्। उनको टाउको, अनुहार, हात र छातीमा चोट लागेको छ। 'उद्योगदेखि एक सय मिटर अगाडि बीच सडकमा कार रोके,' उनले भने, 'गाडीबाट निकालेर एक्कासी दुई अपरिचित व्यक्तिले हात, लात्ती र घरेलु हतियारले आक्रमण गरे।'

कुनै चिनजान, कुराकानी बिनै आफूमाथि आक्रमण भएको उनले बताए। आक्रमणपछि घाइते शर्मा अस्पतालमा उपचार गरिरहेका छन्। स्थानीय युवाको समूहले आफूमाथि आक्रमण गरेको हुनसक्ने उनको भनाई छ। बागेश्वरी सिमेन्ट नेपालगन्ज कोहलपुर सडक खण्डको गनापुर पिप्रहवा चोकदेखि एक किलोमिटर पश्चिममा पर्छ। उद्योगीमाथि आक्रमण स्थल प्रहरी चौकीदेखि तीन सय मिटर नजिक छ।

इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी सुरेशप्रसाद काफ्लेले उद्योगीमाथि आक्रमण भएको जानकारी नआएको बताउँदै तत्काल प्रहरीले अनुसन्धान थाल्ने बताए। उद्योगी र उद्योगको सुरक्षाका लागि प्रहरी सर्तक रहेको बताउँदै उनले घटनास्थल, घाइते उद्योगीसँग विस्तृत जानकारी लिई दोषीमाथि कारबाही गर्ने उनले जानकारी दिए।

चन्दा नदिएको भन्दै कुनै दलनिकट समूहले आक्रमण गरेको हुनसक्ने प्रहरीको अनुमान छ।

प्रकाशित: २२ जेष्ठ २०७४ ०४:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App