८ वैशाख २०८१ शनिबार
खेल

आर्मी, फ्रेन्ड्स र एपिएफ क्वार्टरफाइनलमा

काठमाडौं- त्रिभुवन आर्मी क्लब, फ्रेन्ड्स र एपिएफ ललित स्मृति यु–१८ फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेका छन्। आर्मीले आइतबार फ्रेन्ड्सलाई ४–० ले हराउँदै समूह 'बी' विजेता बनेर अन्तिम आठमा पुगेको हो। आर्मीले समूहचरणका सबै खेल जित्दै ९ अंक र समूह उपविजेताको रूपमा क्वाटरफाइनल पुगेको फ्रेन्ड्सले ६ अंक जोडे। समूहमा लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लब र सुदूरपश्चिमले खाता खोल्न सकेका छैनन्। मंगलबार दुवै टोलीले प्रतिष्ठाका लागि समूहको अन्तिम खेलमा प्रतिस्पर्धा गर्नेछन्।

आइतबार आर्मीको जितमा क्षितिजराज जिटीले २, विश्व उदास र दिनेश योन्जनले समान १ गोल गरे। क्षितिजले २१आंै र २९औं मिनेटमा गोल गरेर टोलीलाई २–० को अग्रता दिलाए। विश्वासले ५६औं मिनेट र दिनेशले ८१औं  मिनेटमा गोल गरेर आर्मीको सहज जित पक्का गरे।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको अर्को खेलमा विभागीय टोली एपिएफले झापा–११ लाई २–१ ले पराजित गर्‍यो।

जितपछि एपिएफ समूह 'ए' बाट ६ अंक जोडेर क्वार्टरफाइनलमा पुगेको छ। झापाले पछिल्लो तीन खेलमा २ हार र १ बराबरी खेलेको छ। यसै गरी च्यासल र सरस्वती युथ क्लबको पनि क्वार्टरफाइनलमा पुग्ने सम्भावना कायमै छ। च्यासलले ४ र सरस्वतीले ३ अंक जोडेका छन्। च्यासल र सरस्वती मंगलबार खेल्दै छन्। बराबरी नतिजाले च्यासल क्वार्टरफाइनलमा पुग्नेछ भने सरस्वतीलाई नकआउट चरण पुग्न जित अनिवार्य छ।
च्यासल र सरस्वती मंगलबार खेल्दै छन्। बराबरी नतिजाले च्यासल क्वार्टरफाइनलमा पुग्नेछ भने सरस्वतीलाई नकआउट चरण पुग्न जित अनिवार्य छ।

प्रकाशित: २२ जेष्ठ २०७४ ०३:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App