coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

गगन थापाले आफ्नै कार्यकालको यसरी गरे समिक्षा

काठमाडौं- ९ महिना ११ दिनअघि स्वास्थ्य मन्त्रीको रुपमा पदबहाली गरेकै दिन गगन थापाले भनेका थिए ‘मप्रतिको विश्वास एउटा पुस्ता प्रतिको विश्वास हो मैले त्यो विश्वास तोड्नुहुन्न।’

चर्चित नेताको छवी बनाएका थापाले मन्त्रीको रुपमा पाएको कार्यकाल पूरा गरेर विदा हुनुपूर्व आइतबार आयोजित पत्रकार सम्मेलनमा यी बाक्य सम्झे या सम्झेनन्! तर उनले  विश्वास दिए–‘स्वास्थ्य क्षेत्रमा थुपै सुधार भएका छन्।’

लामो समयदेखि बेथितीग्रस्त बनेको मन्त्रालयमा करिव ९ महिने कार्यकालयमा मन्त्री थापाकै शब्दमा ‘उथलपुथल त हैन्,धेरै महत्वपूर्ण काम भएको छ।’  

पत्रकारले खचाखच भरिएको स्वास्थ्य मन्त्रालयको हलमा मन्त्री थापाले ‘दिन रात नभिनी दौडिने हो भने थुपै काम गर्न सकिने रहेछ भन्ने विश्वास जागेको’सुनाए। ‘प्रोसेसमा हुन्छ भन्यो भने महिनौ लाग्नेरहेछ, त्यही काम फलो गर्दै हिड्ने भने एकसातामै हुनेरहेछ।

स्वास्थ्य क्षेत्रमा आफ्नो कार्यकालमा स्वास्थ्य राष्ट्रिय मुद्दाको रुपमा स्थापित भएको थापाले दावी गरे। थापाले यसअवधिमा झण्डै डेढ सयको हाराहारीमा सुधारका काम भएको तथ्य प्रस्तुत गरे। उनले यसअवधिमा संघीय संरचनामा स्वास्थ्य सेवा र संरचनाको खाका निर्माण भएको,    संविधानले मार्गनिर्देश गरे बमोजिम नीतिगत, कानूनी र संरचनागत प्रबन्ध भएको बताए। उनले स्वास्थ्य प्रणालीको एकीकृत विकास (मानव संसाधन, उपकरण र भौतिक पुर्वाधार), निःशुल्क स्वास्थ्य सेवा विस्तारको काम समेत सुरु भएको सुनाए।

लामो समयदेखि बेथितीग्रस्त बनेको मन्त्रालयमा करिव ९ महिने कार्यकालयमा मन्त्री थापाकै शब्दमा ‘उथलपुथल त हैन्,धेरै महत्वपूर्ण काम भएको छ।’  

थापाले आफू आउँदा दुई वर्षदेखि औषधि खरिद नभएको गाउँगाउँमा डाक्टर नपुगेको, स्वास्थ्य संस्था दर्ताविनै चलेको बताए। अहिले दुई वर्षपछि औषधी पुगेको छ, गाउँगाउँमा कम्तिमा २ जना डाक्टर पुगेका छन्,’ उनले भने।

थापाले स्वास्थ्यमा पहिलोपटक सेवा प्रवाहका लागि औषधी, उककरण, भौतिक पूर्वाधार र जनशक्तिको काम एकीकृत रुपमा सुरु भएको बताए। उनले यहि गतिमा काम गर्दा अबको केही महिनामा सरकारका प्रमुख सरकारी अस्पतालले ठूला नीजि अस्पतालसँग प्रतिष्पर्धा गर्ने बताए।

आफूले मन्त्रालयको जिम्मेवारी सम्हाल्दै सबै कुरा बजेट, कार्यक्रम सबै तय भइसकेको अवस्थामा काम सुरु गर्नुपरेको भन्दै यसअवधिमा समेत थुपै सेवा सुधार, नीतिगत परिवर्तन तत्काल राहत र भावी नेपालको स्वास्थ्य सेवा कस्तो हुनुपर्छ भन्नेमासमेत थुपै काम भएको सुनाए।

‘कुन गाउँपालिकामा कस्तो अस्पताल चाहिन्छ, त्यहाँ केके सेवा हुन्छ, कसरी औषधि पुग्छ, डाक्टर कसरी पुग्छन्, सबै फिक्स छ,’ उनले भने, ‘ कोही पनि मन्त्री आएको यो बाहिर गएर काम गर्नै सक्दैनन्।’

स्वास्थ्य क्षेत्रमा थुपै बिकृतिको कारण बनेको औषधि र उपकरण खरिदका लागि पनि आफूले बैकल्पिक व्यवस्था गर्न काम गरेको सुनाए। उनले औषधी र उपकरण एकीकृत रुपमा सरकारले सिधै उत्पादकबाट किनेर अस्पताल फार्मेसीमार्फत् पठाउँनेगरी समेत काम थालेको बताए।

थापाले सातै प्रदेशमा मुटु तथा क्यान्सर रोग उपचार सेवा विस्तार अञ्चल अस्पतालहरुमा विशेषज्ञसेवासहित डाक्टर उत्पादन, स्वास्थ्य विमा, क्यान्सर उपचार प्रोटोकल आफ्ना महत्वपूर्ण काममध्ये भएको सुनाए । उनले वैदेशिक रोजगारीमा जानेका लागि सरकारी अस्पतालमा गरेको स्वास्थ्य परीक्षण रिपोर्टसमेत मान्य हुने व्यवस्था, रोजगारीमा जानेको स्वास्थ्य विमा र बढी कामदार जने देशका दूतावासमा हेल्थ एट्याची’को व्यवस्थासमेत गरेको बताए । यो वर्षका लागि स्वास्थ्य जीवन शैली प्रवद्र्धनका लागि मेरो स्वास्थ्य मेरो वर्ष अभियान, नसर्ने रोग नियन्त्रणका लागि ठोस काम पनि सुरु गरेको थापाले दावी गरे ।

मन्त्री थापाले आफूले थालेका कामलाई निष्कर्षमा पुर्‍याउन अबसर पाए स्वास्थ्यकै जिम्मेवारी लिने चाहाना भएको बताए।

उनले नयाँ आउँने मन्त्रीले पनि थुपै आफूले थालेका थुपै कामलाई निरन्तरा दिनुपर्ने बाध्यत्मक अवस्था रहेको समेत सुनाए।

अवसर पाए दोर्‍याउन मन छ

मन्त्री थापाले आफूले थालेका कामलाई निष्कर्षमा पुर्‍याउन अबसर पाए स्वास्थ्यकै जिम्मेवारी लिने चाहाना भएको बताए।

यति धेरै काम सुरु गरेको अवस्थामा यसलाई निरन्तरता दिन फेरी मन्त्री भन्ने संभावना र चाहाना के छ भन्ने प्रत्रकारको जिज्ञासामा उनले भने, ‘अवसर पाएँ दोहोर्‍याउने मन छ।’  

उनले मन्त्री बन्ने कुरा कोलिसन सरकारमा मन्त्रालय बाँडफाँड र अन्य साथीलाई अबसर दिने कुरामा समेत निर्भर हुने बताए।

उनले अहिले अवस्थामा आफूलाई एउटा पब्लिक हेल्थको क्षेत्रमा काम गर्ने चाह र जाँगर पलाएको समेत बताए । ‘म अहिलेको ज्ञानमा भदौ ११ को अवस्थामा हुन्थे भने, कतिपय गरेका कुरा गर्दिन थिएँहोला, कतिपय नगरेका हुरा गर्थेँ,’ उनले भने, ‘यो कार्यकालले युवा जोश नेताबाट परिपक्व बनाएको छ।’

उनको कार्यकालमा भएका मुख्यकाम

सिकलसेल एनिमिया, पाठेघरको मुखको क्यान्सर, नसर्ने रोग परीक्षण, किड्नी प्रत्यारोपण, बाथमुटु शल्यक्रिया निःशुल्क कलेजो प्रत्यारोपण सुरुवात

अस्पताल फार्मेसी स्थापना

प्रत्येक स्वास्थ्य संस्थाका कम्तिमा दुई चिकित्सक

३ बजेसम्म ओपिडी, सरकारी अस्पतालका सुधार

अस्पतालमा मागका आधारमा उपकरण व्यवस्था

सबै अस्पतालमा टोकन सिष्टम

सम्पूर्ण स्वास्थ्य संस्था नियमनको दायारा

विशेषज्ञ सेवा विस्तार तथा सहकार्य सुरुवात

स्वास्थ्य संस्थामा भवन, उपकरण र जनशक्ति सबैका लागि एकीकृत योजन ।

सबै स्थानीय तहमा प्राथमिक तहका अस्पताल स्थापनाको सुनिश्चितता

गुणस्तरीय जनशक्तिको उपलब्धता सुनिश्चित गर्न

कडा मानसिक रोगीको पुनस्थापना सेवा

शहरी जनता क्लिनिक, पञ्चकर्म केन्द्र

स्वास्थ्य विमा विधेयक

विपन्न नागरिक उपचार कोषबाट उपचारमा अनुदान दिईने रोगको संख्या थप

नवजत शिशुको निःशुल्क उपचार

विस्तार गरि १२ बनाइएको र सेवा प्रदान गरिने संस्था विस्तार गरिएको।

नवजात शिशुको निःशुल्क उपचार सुरु गरिएको।

क्यान्सर रोगको उपचारमा

नीतिगत सुधार

 राष्ट्रिय स्वास्थ्य  विधेयक

    स्वास्थ्य विमा विधेयक

    प्रजनन स्वास्थ्य विधेयक

    स्वास्थ्य संस्था गुणस्स्तर प्राधिकरण ऐन

    औषधी ऐन संसोधन

    स्वास्थ्य सेवा ऐनको संसोधन

    खोप ऐन पारित, नियमावली बन्दै

    मानव अंग प्रत्यारोपण नियमावली

    अपाङ्गता नीति

    प्रविधिजन्य स्वास्थ्य सामाग्री निर्दे्शिका

    मदिरा नीति, मदिरा ऐन

    अपाङ्गता नीति

    राष्ट्रिय आयुर्वेद नीति

    चिकित्सक परिचालन निर्दे्शिका संसोधन

    आँखा नीति

    एम्बुलेन्स निर्दे्शिका

    प्रयोगशाला निर्दे्शिका

    नेपाल मेडिकल काउन्सिल ऐन संसोधन

    मानसिक स्वास्थ्य नीति

    अस्पताल फार्मेसी निर्देशिका

 

 

 

प्रकाशित: २१ जेष्ठ २०७४ १३:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App