coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

तीन थान ल्यापटपसहित दुई पक्राउ

रुकुम—जिल्ला प्रहरी कार्यालयले चोरीको आरोपमा आज दुई जनालाई पक्राउ गरेको छ।

बाँफीकोट गाउँपालिका–६ मग्मा स्थायी घर भई हाल मुसीकोट नगरपालिका–१ मा पसल गर्दै आएका मदन खत्री र मुसीकोट–५ का कमल शर्मालाई पक्राउ गरिएको हो।

विशेष सुराकीका आधारमा खत्रीलाई उनकै पसलबाट र शर्मालाई घरबाट पक्राउ गरिएको प्रहरी निरीक्षक थम्मनबहादुर रजालीले जानकारी दिए। उनका अनुसार रुकुम उद्योग वाणिज्य सङ्घबाट खत्री र मुसीकोट–५ सेरीगाउँको यमुनानन्द नमुना माविबाट शर्माले चोरी गरेका हुन्।

उनीहरुका साथबाट ल्यापटप तीन थान, साउन्ड सिस्टम, युपिएस र झोला दुई दुई थान तथा प्रोजेक्टर र डेस्कटप कम्प्युटर एक एक थान नियन्त्रणमा लिइएको छ । उनीहरुविरुद्ध चोरी मुद्दा चलाइने रजालीको भनाइ छ। रासस

प्रकाशित: २१ जेष्ठ २०७४ १०:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App