coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय, सरकारमा जाने-नजाने निर्णय लिन समिति गठन

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले व्यवस्थापिका–संसद्मा प्रधानमन्त्रीको उम्मेदवार शेरबहादुर देउवाका पक्षमा मतदान गर्ने भएको छ। यसअघि देउवाको पक्षमा मतदान गर्नेबारे राप्रपामा विवाद खडा भएको थियो। देउवालाई समर्थन गर्ने वा नगर्ने भन्ने विषयमा मत विभाजन भएपछि सोबारे निर्णय गर्ने जिम्मेवारी संसदीय दललाई दिइएको थियो। संसदीय दलकको बैठकले भने पक्षमा मतदान गर्ने निर्णय गरेको हो। 

बैठकले नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रसँग सरकारमा सहभागिताका लागि वार्ता गर्न पार्टीका महामन्त्री जयन्त चन्दको संयोजकत्वमा पूर्वमन्त्री दिलनाथ गिरी र प्रमुख सचेतक कुन्तीकुमारी शाही सदस्य रहेको समिति गठन गरेको पूर्वमन्त्री गिरीले जानकारी दिए। 

प्रकाशित: २१ जेष्ठ २०७४ १०:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App