७ वैशाख २०८१ शुक्रबार
समाज

लिकुवापोखरीमा चितुवा आतंक

खोटाङ– खोटाङको लिकुवापोखरीमा चितुवा आतंक मच्चिएको छ। खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरीमा चराउन जंगलमा लगेको खसी बाख्रा र खोरमा राखेको खसी बाख्रा चितुवाले मारेर खाइदिन थालेपछि चितुवा आतंक फैलिएको हो। पुस यता चितुवाले लिकुवापोखरीका बिभिन्न ठाउँका किसानको ३० वटा खसी बाख्रा खाइदिएको स्थानीय पशुसेवा प्राबिधिक दिपेश खड्काले बताए।

चितुवाले चार दिनअघि रातका समयमा स्थानीय टंक तिमल्सिनाको खोरमा राखेको ३ वटा खसी मारेका खाइदिएको र ५ वटा घाईते बनाएको छ। त्यसअघि पनि पटक–पटक गरेर स्थानीय किसान सनमान खड्काको ६ वटा खसी बाख्रा खाइदिएको स्थानीयले बताएका छन् । हरिबहादुर खड्का र मदनकुमार खड्काको १० वटा खसी बाख्रा खाइदिएको छ । चितुवाले २ वटा बाख्रा गोठबाटै खाइदिएको र अन्य बाख्रा जंगलमा चराउन लागेकोबेलामा खाइदिएको सनमानले बताए। चराउन लगेको समयमा र खोरमा राखेकै सयमा चितुवाले बाख्रा खाइदिन थालेपछि किसान आतंकित बनेका छन् ।

जिल्लाको दिक्तेल र ज्यामिरे लगायतका  ठाउँमा पनि खसी बाख्रा खाइदिएर बाघले आतंक मच्याएको थियो।

प्रकाशित: २१ जेष्ठ २०७४ ०९:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App