७ वैशाख २०८१ शुक्रबार
राजनीति

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादीले देउवालाई समर्थन गर्ने

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले प्रधानमन्त्रीका उम्मेदवार शेरबहादुर देउवाको पक्षमा मतदान गर्ने निर्णय गरेको छ। आइतबार बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको यादवका प्रेस संयोजक महेश चौरसियाले नागरिकन्युजले बताए।

'यो सरकारमा जाने निर्णय होइन। पक्षमा मतदान गर्ने निर्णयमात्र हो। सरकारमा जाने कुनै निर्णय अहिले भएको छैन,' चौरसियाले भने।

कांग्रेस सभापति देउवाले संघीय समाजवादी फोरमलाई संविधान संशोधनलगायतका माग पूरा गर्ने आश्वासन दिएपछि पक्षमा मतदान गर्ने निर्णय गरेको उनले बताए। 'हामीले उठाउँदै आएका संविधान संशोधनलगायतका माग मुद्दा पूरा गर्ने आश्वासन देउवाजीले गर्नुभएको छ। त्यसैले उहाँको पक्षमा मतदान गर्ने निर्णय पार्टीले गरेको हो,' उनले भने।

फोरमले तत्काल सरकारमा जानेबारे केही नसोचेको उनले बताए। 'यो सरकारमा जाने निर्णय होइन। पक्षमा मतदान गर्ने निर्णयमात्र हो। सरकारमा जाने कुनै निर्णय अहिले भएको छैन,' चौरसियाले भने।

 

प्रकाशित: २१ जेष्ठ २०७४ ०८:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App