coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

चुडामणि शर्मालाई सात दिन थुन्न आदेश

काठमाडौं- भ्रस्टाचार अभियोगमा पक्राउ परेका राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई अनुसन्धानका लागि विशेष अदालतले एक हप्ताको समय दिएको छ। गत शुक्रबार कर फर्स्योट आयोगमा रहेर अनियमितता गरेको आरोप लगाउँदै अख्तियारको टोलीले शर्मालाई पक्राउ गरेको थियो।

कर फर्स्योट आयोगका सदस्यसचिवसमेत रहेका शर्मा आयोगबाट विभिन्न व्यापारीको २१ अर्ब रुपैयाँ कर मिनाहा, एनसेलको स्वामित्व बिक्री गर्दा करिब ३३ अर्ब पुँजीगत लाभकर छुट दिन भूमिका खेलेको, अकुत सम्पत्ति जोडेको आरोप छ।

अख्तियारले अब एक सातासम्म न्यायिक हिरातमा राखेर अनुसन्धान थाल्नेछ। बयान र मुद्दामा संलग्न अन्य कागजात संकलन गरेपछि अख्तियारले आरोपत्र दायर गर्नेछ। अनुसन्धान नसकिए पुनःम्याद थप्न अर्को आइतबार अदालत पेस गरिनेछ।

विभिन्न कम्पनीको कर निर्धारणमा भ्रष्टाचार गरेको उजुरीका आधारमा छानबिनका लागि शर्मालाई पक्राउ गरिएको आयोगले जनाएको छ। विभिन्न कम्पनीको कर निर्धारणमा महानिर्देशक शर्माले अर्बौं रुपैयाँ छुट दिएको उजुरी अख्तियारमा परेको थियो। अख्तियारका एक उच्च अधिकारीका अनुसार शर्माले गरेका अनियमिततासम्बन्धी धेरै उजुरी परेका छन्। उजुरी निकै गम्भीर प्रकृतिको भएकाले आयोगले यो मुद्दालाई विशेष रूपमा लिएको छ।

कर फर्स्योट आयोगका सदस्यसचिवसमेत रहेका शर्मा आयोगबाट विभिन्न व्यापारीको २१ अर्ब रुपैयाँ कर मिनाहा, एनसेलको स्वामित्व बिक्री गर्दा करिब ३३ अर्ब पुँजीगत लाभकर छुट दिन भूमिका खेलेको, अकुत सम्पत्ति जोडेको, सुनसरीको प्रमुख जिल्ला अधिकारी हुँदा सुगम ग्यासको 'फुटरिङ' र 'नेकरिङ' गरेको मुद्दामा उद्योगी शिवप्रसाद घिमिरेलाई उन्मुक्ति दिएकोलगायत आरोपमा मुछिएका छन्।

प्रकाशित: २१ जेष्ठ २०७४ ०८:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App