८ वैशाख २०८१ शनिबार
राजनीति

माओवादीद्वारा एमाले कार्यकर्तामाथि खुर्पा प्रहार गरेको प्रकरण मिलापत्रमा टुंगियो

खोटाङ– खोटाङमा पार्टीको विषयलाई लिएर झगडामा उत्रिएका छिमेकी युवाबीच अन्ततः मिलापत्र भएको छ। पार्टीको विषयमा सुरु भएको भनाभनका क्रममा जन्तेढुंगा गाउँपालिका–२ बोपुङका ३४ वर्षीय शक्तिराज राईले सोही ठाउँका २१ वर्षीय सन्तोष राईमाथि खुर्पा प्रहार गरेको घटनालाई शनिबार ईलाका प्रहरी कार्यालय चिसापानीमा भएको छलफलमा मिलापत्र गराइएको हो।

आ–आफ्नो पार्टीको ‘राम्रो र नराम्रो’ पक्षका विषय भनाभन हुनेक्रममा उनीहरुबीच शुक्रबार दिउँसो झगडा भएको थियो। खुर्पा प्रहारबाट सन्तोषको बायाँ खुट्टाको घुँडामा चोट लागेको छ । उनको घाउमा चार टाँका लागेको छ।

घाउको उपचारका लागि लाग्ने खर्च शक्तिराजले बेहोर्ने शर्तमा मिलापत्र गराइएको माओबादी केन्द्र जन्तेढुंगा गाउँपालिकाका इन्चार्ज बीरबल किरातीले जानकारी दिए । शक्तिराज माओबादी केन्द्र समर्थक र सन्तोष एमाले समर्थक हुन्। राईद्वय नजिकका छिमेकी हुन्।

आ–आफ्नो पार्टीको ‘राम्रो र नराम्रो’ पक्षका विषय भनाभन हुनेक्रममा उनीहरुबीच शुक्रबार दिउँसो झगडा भएको थियो। खुर्पा प्रहारबाट सन्तोषको बायाँ खुट्टाको घुँडामा चोट लागेको छ । उनको घाउमा चार टाँका लागेको छ।

साधारण सदस्य समेत नरहेको युवाबीचको घटनालाई एमालेले राजनीतिकरण र अतिरञ्जित बनाएको भन्दै माओवादी केन्द्र जन्तेढुंगा गाउँपालिकाले शनिबार विज्ञाप्ति निकालेर ध्यानाकर्षण भएको जनाएको छ।

घटनाको विषयलाई लिएर आफूमाथि मिथ्या आरोप लगाएको माओवादी केन्द्रले दावी गरेको छ। माओवादी केन्द्रका कार्यकर्ताबाट आफ्नो कार्यकर्तामाथि हतियार प्रहार भएको भन्दै एमाले जन्तेढुंगा गाउँ कमिटि चिसापानीले शुक्रबार विज्ञाप्तीमार्फत ध्यानाकर्षण भएको जनाएको थियो।

प्रकाशित: २१ जेष्ठ २०७४ ०५:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App