coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

एक सता अघि अपहरित बालकको अवस्था अझै अज्ञात

सन्तोष सिंह

सर्लाही- सर्लाहीको बरहथवाबाट एक साता अघि अपरणमा परेका ७ वर्षीया बालको अवस्था अझै अज्ञात छ। अपहरित बालकको परिवारबाट ५० लाख फिरौती माग गरेका अपहरणकारीलाई सर्लाही प्रहरीले लगातार पछ्याएपनि सफलता भने पाउन सकेको छैन। बालक अपहरण गर्नेको पहिचान भईसकेको प्रहरीले दाबी गरेको छ । ‘हामीले अपहरणकारी पहिचान गरिसक्यौं’, ईलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी निरीक्षक ललन प्रसाद कुर्मीले भने, ‘केही दिन भित्रै नियन्त्रणमा लिन्छौं।’

अपहरणकारी पहिचान भएपनि बालकलाई राखेको स्थानका बारेमा सुक्ष्म ढंगले अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा प्रहरीले शंकास्पद केहि व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ।

बरहथवा नगरपालिका–६ का गोरु व्यापारी पुकार यादवका ७ वर्षीया छोरा राकेश यादव अपहरणमा परेका हुन् । गत सोमवार साँझ घर अगाडि खेलिरहेका बालकलाई दुई जना अपरिचित व्यक्तिले जबर्जस्ती भारतीय नम्वर प्लेटको मोटरसाइकलमा राखेर लगेको प्रत्यक्षदर्शीले बताएका छन्।

रौतहट प्रहरीसँग समेत समन्वय गरेर अपहरित बालक सहित अपहरणकारी समूहको खोजी भईरहेको प्रहरी निरीक्षक कुर्मीले दावी गरे। बालक अपहरणमा परेपछि स्थानीयवासी त्रसित भएका छन्।

प्रकाशित: २० जेष्ठ २०७४ १२:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App