coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

भोजपुरमा ५६ वटा मतादान केन्द्र संवेदनशिल

एक्सन राई

भोजपुर- जिल्ला सुरक्षा समिति भोजपुरले जिल्लाका ५६ वटा मतदान केन्द्रलाई संवेदनशिल भएको ठहर गरेको छ। स्थानीय तहको निर्वाचनमा सुरक्षाको दृष्टिले ति केन्द्रहरुलाई  संवेदनशील घोषण गरिएको हो। शान्ति सुरक्षामा समस्या हुने भन्दै समितिले केन्द्रको नाम भने उल्लेख गरेको छैन । जिल्ला सुरक्षा समितका एक सदस्यका अनुसार अहिले केन्द्र नाम सार्वजनिक गर्दा सामान्य भनेका केन्द्रमा सुरक्षा चुनौती वढ्न सक्ने भएकोले तत्काल नाम सार्वजनिक नगरिएको हो। 

अन्य ८५ वटा सामान्य रहेको जिल्ला समितिले जनाएको छ । संवेदनशिल रहेका केन्द्र  सामन्य भन्दा वढी संख्या सुरक्षा कर्मी परिचालन गरिने भएको छ । सामान्य रहेका मतदान  केन्द्र भित्र ४ जना प्रहरी, ५ जना म्यादी प्रहरी रहने छन् भने वाहिरी घेरा नेपाल प्रहरी, ससस्त्र र नेपाली सेनाको मोवाइल टोली रहने जनाइएको छ । सुरक्षा अवस्थामा कुनै खलल पुग्ने क्रियाकलाप भएमा तत्काल नेपाली सेनाको २ ओटा हेलीकम्टरले पनि सुरक्षा दिने समितिले जनाएको छ ।  असार १४ गते हुने स्थानीय तह निर्वाचनको लागि सुरक्षाको हिसाव सम्पुर्ण तयारी पुरा भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख काजीकुमार आर्चयले बताए। 

 

प्रकाशित: २० जेष्ठ २०७४ १२:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App