मानसिक स्वास्थ्य नीति छिट्टै आउँछः मन्त्री थापा

शनिबार, २० जेठ २०७४, १६ : ०२ नागरिक

काठमाडौँ – स्वास्थ्यमन्त्री गगनकुमार थापाले मानसिक स्वास्थ्य नीति छिट्टै आउने बताएका छन्। 

कान्ति बाल अस्पताल परिसरमा निर्माण हुन लागेको बाल मानसिक स्वास्थ्य भवनको शनिबार शिलान्यास गर्दै उनले भने, ‘‘यो नीतिले मानसिक रोगको उपचारमा मार्ग निर्देशन गर्नेछ ।” 

मन्त्री थापाले बालबालिकामा देखिने मानिसक समस्याबारे अभिभावकले समयमै सचेत हुनुपर्ने आवश्यकतामाथि जोड दिदैं मानसिक रोग लुकाएर राख्दा त्यसले भविष्यमा गम्भिर समस्या निम्त्याउन सक्छ, त्यसैलाई दृष्टिगत गरेर सरकारले कान्ति बाल अस्पतालमा यसको छुट्टै उपचार गर्ने विभाग सुरु गर्न लागिएको हो भने । 

मन्त्रालयलका प्रमुख विशेषज्ञ डा किरण रेग्मीले बालबालिकाको स्वास्थ्य सवेदनशील विषय भएकाले कुनै मानसिक समस्या देखिए लुकाउनु भन्दा समयमै उपचारमा लाग्नपर्छ भन्ने चेतनाको विकास गर्नुपर्नेमा जोड दिए। 

कान्ति बाल अस्पतालका निर्देशक डा अजित रायमाझीले स्वास्थ्य सेवाको सहज, सुपथ र गुणस्तरीय उपचारका लागि अस्पतालले विभिन्न नयाँ योजना अगाडि बढाइएको बताउँदै दुई वर्षभित्र सम्पन्न भइसक्ने लक्ष्य लिइएको सो भवन बनेपछि बाल मानसिक स्वास्थ्यमा ठूलो प्रगति हुने विश्वास व्यक्त गरे । 

विभागका प्रमुख बालमनोरोग विशेषज्ञ डा अरुण कुँवरले विशेषगरी बच्चाको उमेर बढ्दै जाँदा उमेर अनुसार शारीरिक, मानसिक विकास नहुने, आवश्यकता भन्दा बढी चकचक गर्ने, सुस्त मनस्थिति भएका, बौद्धिक अपाङ्ता भएका बालबालिका उपचारका लागि अस्पतालमा आउने गरेको बताए। 

कुल बालबालिकामध्ये १० देखि १५ प्रतिशतमा कुनै न कुनै प्रकारको मानसिक समस्या देखिने भएकाले आफ्ना बच्चाको हरेक क्रियाकलापमा अभिभावकले ध्यान दिनुपर्ने जनाएको छ । 

रु तीन करोड लागतमा निमार्ण हुने उक्त चार तले भवन भएको अस्पताललाई ‘सेन्टर अफएक्सिलेन्स’ बनाउने योजना अन्तर्गत बन्न लागेकाले अस्पताल आउने बिरामी सेवा नपाएर फर्किनु पर्ने अवस्था नरहेको जनाएको छ । रासस 







यसमा तपाईको मत


अन्य समाचार

आइफोनमा iOS १३  कसरी इन्स्टल गर्ने ?

आइफोनमा iOS १३ कसरी इन्स्टल गर्ने ?

आजबाट एप्पलले आइफोनका लागि iOS १३ को सार्वजनिक बेटा उपलब्ध गराउने भएको छ ...

प्रभु बैंक लि. को आरुघाट शाखा कार्यालय सञ्चालन

प्रभु बैंक लि. को आरुघाट शाखा कार्यालय सञ्चालन

संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याई बैंकको शाखा सञ्जाल विस्तार गर्नुका साथै गाउँ गउँमा...

एभरेष्ट बैंकका ग्राहकलाई धनगढीको सीपी हस्पिटलमा १०% छुट

एभरेष्ट बैंकका ग्राहकलाई धनगढीको सीपी हस्पिटलमा १०% छुट

एभरेष्ट बैंक लिमिटेडले धनगढीको सीपी हस्पिटल प्रा.लि.सँग ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गर्न साझेदारी गरेको छ । ...

सिभिल बैंक लिमिटेडको शाखा रौतहटको गरुडामा

सिभिल बैंक लिमिटेडको शाखा रौतहटको गरुडामा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा रौतहटको गरुडामा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन गरुडा नगरपालिकाको मेयर इन्नु...

ओपो रेनो १०एक्स नेपालमा सार्वजनिक हुँदै

ओपो रेनो १०एक्स नेपालमा सार्वजनिक हुँदै

दक्षिण एसियामा ओपो रेनो १०एक्स सिरिज सार्वजनिकसँगै नेपालमा असार १५ बाट उपलब्ध हुने भएको छ । ...

दराज मोबाइल विक यही असार ९ देखि १५ सम्म

दराज मोबाइल विक यही असार ९ देखि १५ सम्म

दराज मोबाइल विक अभियान यही असार ९ देखि १५ सम्म हुने भएको छ । ...

ह्वावेका उत्पादनमा पैसा फिर्ताको ग्यारेन्टी

ह्वावेका उत्पादनमा पैसा फिर्ताको ग्यारेन्टी

नेपालका लागि ह्वावे स्मार्टफोनको अधिकृत वितरकले आफ्ना स्मार्टफोन र ट्याब्लेटमा गुगल एप तथा फेसबुक नचलेमा ग्राहकलाई पूरै पैसा फिर्ता गरिने...

टाटा टियागो एक्सजेड प्लस नेपालमा

टाटा टियागो एक्सजेड प्लस नेपालमा

टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी टेडिङले औपचारिक रूपमा नयाँ टाटा टियागो एक्सजेड प्लस नेपाली बजारमा सार्वजनिक गरेको छ...