coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

काष्ठमण्डप एयरका घाइतेहरु भन्छन: घाउमा मलम पट्टी खोई ?

रिर्पोटस क्लव जुम्लाको आयोजनामा भएको साक्षात्कारमा गुनासो पोख्दै्र जहाज दुर्घटनाका घाइते

जुम्ला–गत फागुन १४ गते नेपालगंजदेखि जुम्लाकालागि उडेको काष्ठमण्डप एयरको जहाज दुर्घटनाका घाइतेले अहिलेसम्म विमा कम्पनी र काष्ठमण्डप एयर कम्पनीले बेवास्ता गरेको गुनासो गरेका छन्। उनीहरुले दुर्घटनाको एक हप्तासम्म मिडियावाजी र शुभकामना दिएपछि पछिल्लो समयमा विर्षेको आरोप लगाए। रिर्पोटस क्लब जुम्लाले मंगलबार आयोजना गरेको साक्षात्कारमा उनीहरुले विमा कम्पनी र काष्ठमण्डप एयरले आलटाल गरेको गुनासो गरेका हुन्।

दुर्घटनाका घाइते मेगराज गिरीले उपचार खर्च आँफै बेहोर्नु परिरहेको गुनासो गरे। उनको पत्नी जगदम्वा खत्री, छोरा प्रनिल गिरी समेत दुर्घटनामा परेक थिए।  उनका अनुसार अहिलेसम्म जुम्लामा आउँदा काष्ठमण्डपले २० हजार रुपैयाँ मात्रै दिइएको थियो।  दुईचार दिन मिडियामा शुकामना बाहेक सरकारबाट हेरिएको छैन। एयर काष्ठमण्डपले त झन अलपत्र अवस्थामा छोडेको उनीहरुको आरोप छ।  

विमा कल्पनीले कागजपत्र ल्याएर आउनु भनेपनि उपचार गराएका अस्पतालले दिन नमानेको भन्दै हेप्ने गरेको उनले वताए। विमा कम्पनी, काष्ठमण्डप एयर कम्पनी र अस्पताल प्रशासनको साठगाठ भएकोले कठिन भएको उनीहरुको भनाइ छ।    उनले तीन जना गरेर ४ लाख रुपैया खर्च भइसकेको जनाए।    अर्का घाइते लक्ष्मण खड्काले दुर्घटनाका कारण दाँतमा समस्या भएको,  अनुहारको हड्डी भाँच्चिएको बताए। उनले भने, ‘हाम्रो चहराइरहेको घाउमा कसले मलम लगाइदिने ?’    

अर्का घाइते धनन्जय केसीले निजी अपतालमा उपचार गराउनु पर्दा निकै खर्च बेहोर्नु परेको गुनासो पोखे।  ३ लाख २५ हजार रुपैयाँ व्यक्तिगत खर्च भएको उनले जनाए । ‘१५ दिन पहिले डाक्टरले बोलाएको थियो। पैसा नहुुदा थन्किएको छु,’ उनले भने।
 चालक दलको सम्झनामा शालिक निर्माणकालागि पहल गर्नु पर्नेमा जोड दिए।गत वर्षको फागुन १४ गते काष्ठमण्डप एयरको जहाज कालिकोटको चिलखायमा दुर्घटना भएको थियो।   जुम्लामा ९ जना सवार थिए।

 

प्रकाशित: ४ श्रावण २०७३ ०७:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App