coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

प्रधानमन्त्रीले सभामुखलाई भने–विवाद हुने काम नगर्नुस्

फाइल तस्बिर

काठमाडौं–सभामुख ओनसरी घर्तीको भूमिका निष्पक्ष नभएको आरोप लागिरहेका बेला प्रधानमन्त्री केपी ओलीले  संसदीय मार्यादा अनुसार अगाडि बढ्न सभामुख घर्तीलाई सुझाव दिएका छन्। मंगलबार बालुवाटार बोलाएर प्रधानमन्त्री ओलीले कार्यसूचिमा चढाइसकेको आर्थिक विधेयकलाई हटाएर संसदमा दर्ता गरिएको अविश्वास प्रस्तावको प्रस्तावमाथि छलफल गर्ने गरी समय तोकेको भन्दै असन्तुष्टि जनाएका थिए।

‘संसदलाई बिजनेश दिने  सरकराले हो, सरकारले दिएको विजनेशलाई तपाइँले बेवास्ता गरेर अगाडि बढे विवादमा पर्नुहुन्छ,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो,‘ तपाइँ अब माओवादी केन्द्रको नेता होइन सबैको साझा हो।’ सभामुखले कार्यसूचिमा  चढिरहेको आश्रित विधेयकको कार्यसूचि हटाएर संसदमा दर्ता अविश्वासको प्रस्तावमाथि पहिले छलफल चलाउने गरी समय तोकेपछि सत्ता गठबन्धनले आपत्ति जनाउँदै आएको छ।

प्रधानमन्त्री ओलीले सभामुख सबैको साझा भएको भन्दै विवाद हुने कुनै पनि काम नगर्न सुझाव दिएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। करिब एक घन्टा भएको छलफलमा प्रधानमन्त्री र सभामुखको मात्र उपस्थिति थियो।
जवाफमा सभामुखले आफूले दलहरुबीको सहमतिकै आधारमा संसदको कारवाही संचालन गरेको बताइएकी थिइन्। सबै दलको सहमति नजुटेका विषयमा व्यवस्थापिका संसद कायसंचालन नियमावली र विगतका अभ्यासका आधारमा अघि बढ्ने बताएको अधिकारीले जानकारी दिए।
सरकारले पहिला आश्रित विधेयक पारित भएपछिमात्र अविश्वासको प्रस्तावमाथि छलफल गर्नुपर्ने अडान कामय रहँदा प्रधानमन्त्री ओलीले सभामुखसँग छलफल गरेका हुन्। बिहीबार अविश्वासको प्रस्तावमाथि छलफल हुने कार्यसूचि तय भएको छ।

 

प्रकाशित: ४ श्रावण २०७३ ०६:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App