coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले प्रविधिको विकाससँगै अपराध क्षेत्रमा नयाँ चुनौती र जटिलता थपिएकाले नयाँ पुस्ताका प्रहरी निरीक्षक सचेत हुनुपर्ने बताएका छन्। प्रहरी निरीक्षक आधारभूत तालिम १६५औं समूहको दीक्षान्त समारोहमा शुक्रबार प्रधानमन्त्री दाहालले नयाँ प्रविधिसँगै अपराधको शैली फेरिएकाले प्रहरी जनशक्ति सचेत हुनुपर्ने औंल्याएका हुन्।

प्रधानमन्त्री दाहालले आधारभूत तालिममा सफल भएकोमा प्रहरी निरीक्षकहरूलाई बधाई दिँदै भने, 'राज्यको सुरक्षा र सञ्चालनमा आन्तरिक सुरक्षाको महŒवपूर्ण र गहन जिम्मेवारी सरकारले प्रहरीलाई दिएको छ। प्रहरी कानुन कार्यान्वयन तथा सरकारको कार्यकारिणी अधिकारको अग्रपंतिको आँखा हो।' दाहालले नेपाल प्रहरीको इतिहास त्याग, समर्पण, कर्तव्यनिष्ठ, बलिदानसँग जोडिएको भन्दै 'सत्य सेवा सुरक्षणम्' अवधारणाप्रति बफादार रहन निर्देशन दिए।

'दीक्षित प्रहरी निरीक्षक जटिल सामाजिक परिवेशका चुनौती सामना गर्न सैद्धान्तिक तथा व्यावहारिक रुपमा सफल भएको विश्वास छ', प्रधानमन्त्रीले भने, 'नागरिकको सेवामा समर्पित संगठन भएका कारण नागरिकप्रति सदैव उत्तरदायी र जिम्मेवार हुनुपर्छ।'

सरकारले स्थानीय तहको पहिलो चरणको निर्वाचन व्यापक जनसहभागितामा सम्पन्न गरिसकेको र दोस्रो चरणको निर्वाचन पनि उत्सवकै रुपमा तयारी भएको प्रधानमन्त्रीको भनाइ थियो। यसका लागि प्रहरीले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा जिम्मेवारी बहन गर्नुपर्ने प्रधानमन्त्रीले बताए।

मुलुक संघीय संरचनामा प्रवेश गरिसकेकाले प्रहरी जनशक्ति उत्पादन तथा विकास गर्ने केन्›ीय प्रशिक्षण संस्था राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको विकास गर्दै थप पूर्वाधार तथा स्तरवृद्धि आवश्यक रहेको दाहालले औंल्याए। उनका अनुसार सुरक्षा व्यवस्था सुदृढ बनाउन प्रहरी संख्या वृद्धिभन्दा गुणात्मक विकासमा जोड दिनु आवश्यक छ।

प्रहरी निरीक्षक आधारभूत तालिम आधुनिकीकरणसँगै अन्तर्राष्ट्रिय रुपमा समेत प्राज्ञिक पहिचान दिलाउने उदेश्यले त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा पिजी डिप्लोमा कार्यक्रम सञ्चालन गराउने प्रतिबद्धता प्रधानमन्त्रीले व्यक्त गरे।

दीक्षित भएर कार्यक्षेत्रमा लागेका अफिसरले आफूलाई प्राप्त ज्ञान, कौशल र सीप सदुपयोग गरी अवाञ्छित क्रियाकलाप नियन्त्रण गर्नेमा आफू विश्वस्त रहेको प्रधानमन्त्रीले बताए।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई अझ समृद्ध र विकसित तुल्याई दक्षिण एसियाकै 'न्युट्रल भेन्यु'का रुपमा विकास गर्नुपर्ने उनको भनाइ थियो।

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले नेपालको सुरक्षा व्यवस्थाको जिम्मा प्रहरीको काँधमा रहेको भन्दै दीक्षान्त समारोहमा लिएको शपथजरी नै पहरेदार बन्नुपर्ने बताए।

प्रकाशित: २० जेष्ठ २०७४ ०१:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App