८ वैशाख २०८१ शनिबार
राजनीति

प्रधानमन्त्रीको निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं- संसद सचिवालयले प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सार्वजनिक गरेकोछ। व्यवस्थापिका संसद नियमावली २०७३ को नियम ४९ को उपदफा २ बमोजिम कार्यतालिका सार्वजनिक गरिएको हो। कार्यतालिका अनुसार शनिबार ११ बजे देखि ४ बजेसम्म प्रधानमन्त्रीको उम्मेदवारीको समय तोकिएको छ।

त्यस्तै शनिबार नै ४:३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ। आइतबार उम्मेदवारले उम्मेदवारीको सूचना प्रस्तुत गरेपछि प्रस्तावक र समर्थकले समर्थन गर्ने, उम्मेदवारीको सूचनामा माथि सामूहिकरुपमा छलफल हुने र एकसाथ निर्णायार्थ प्रस्तुत गरिने कार्यतालिकामा उल्लेख छ।

प्रकाशित: १९ जेष्ठ २०७४ ११:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App