७ वैशाख २०८१ शुक्रबार
कला

आमालाई अनमोलको साथ

काठमाडौं- अघिपछि फिल्मी कार्यक्रममा विरलै देखा पर्ने अभिनेता अनमोल केसी सोमबार फिल्म 'म त तिमै्र हुँ'को पत्रकार सम्मेलनमा सहभागी भए। उनी उक्त कार्याक्रममा त्यतिकै सहभागी भएका भने होइनन्।

यही शुक्रबार रिलिज हुन लागेको उक्त फिल्ममा अनमोल निर्माताका रुपमा आवद्ध छन्। फिल्मको प्रस्तुतकर्ता अनमोलकै आमा सुष्मिता केसी हुन्। फिल्म युनिटले फिल्मको प्रचारका लागि अनमोलद्वारा निर्मित भन्ने पक्षलाई हाइलाइट गर्दै आएको छ।

बुवा भुवन केसीले निर्माण गरेको 'ड्रिम्स' फिल्ममा अभिनय गरे पनि अनमोलले आमा सुष्मिताको यो फिल्ममा भने अभिनय गरेका छैनन्। यसबारे पत्रकारले गरेको प्रश्नमा उनले भने, 'फिल्मको कथा मलाई हेरेर लेखिएको थिएन र फिल्मको कथामा म अनफिट पनि छु, त्यसैले मैले नखेलेको हुँ।'

उनले फिल्मका अभिनेता आकाश श्रेष्ठ नै सुहाउँदो भएको समेत बताए। उनले थपे, 'फिल्ममा आकाश श्रेष्ठ नै फिट छन्, उनले न्याय पनि गरेका छन् फिल्मलाई।'

उनले भविष्यमा आमाले बनाउने फिल्ममा स्त्रि्कप्ट चित्त बुझे आफू खेल्न तयार रहेको पनि बताए। 'सुहाउँदो स्त्रि्कप्ट आएमा खेल्न तयार छु, मेरो लागि बुवा र आमा दुवै बराबर हुनुहुन्छ,' अनमोलले भने। पत्रकारहरुको प्रश्नमा अनमोलले फिल्म निकै राम्रो बनेको दावी गर्दै आफ्ना फ्यानहरुलाई यो फिल्मसमेत हेरिदिन अनुरोध गरे। उनले फिल्मको कथा भने खोलेनन्। कथा थाहा पाउनका लागि फिल्म नै हेर्न उनले सुझाव दिए।

अनमोल क्रियशनको प्रस्तुतिमा बनेको फिल्मलाई श्रीराम महतले निर्देशन गरेका हुन्। आकाश श्रेष्ठ, ज्योत्सना योगी, सुशील काफ्ले, जीवन भट्टराई, अनुपम श्रेष्ठ, सुसन खड्का आदिले अभिनय गरेको फिल्ममा सुवास थापाको पनि लगानी रहेको छ।

प्रकाशित: ४ श्रावण २०७३ ०५:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App