७ वैशाख २०८१ शुक्रबार
प्रविधि

भाइरसबाट स्मार्टफोनलाई कसरी बचाउने ?

कम्प्युटर होस् या स्मार्टफोन तिनको प्रविधि उस्तै–उस्तै हुने भएकाले जुनसुकै बेला भाइरसले सताउन सक्छ । हरेक वर्ष निर्माता कम्पनीहरुले कम्प्युटर, ट्याब्लेट, फ्याब्लेट वा स्मार्टफोनलाई भाइरस प्रतिरोधी बनाउँने प्रयास गरिरहेका हुन्छन् । तर, कम्पनीको यो प्रयासलाई विफल पार्ने समूह पनि उत्तिकै सक्रिय हुन्छ । जसले भाइरस फैलाउने काम गर्छ । तपाईको स्मार्टफोन पनि जुनसुकै बेला भाइरसबाट प्रभावित हुनसक्छ । त्यसले तपाईको फोनको कार्यक्षमतालाई सुस्त बनाउने मात्र होइन, महत्वपूर्ण सूचना र व्यक्तिगत विवरण समेत चोरी हुनसक्छ । 

आफ्ना उपकरणमा भाइरस लाग्न नदिनु नै सबैभन्दा बुद्धिमानी हुन्छ । लागिहालेपनि त्यसलाई तत्कालै हटाउने विभिन्न उपाय गर्नुपर्छ । यसो गरिएन भने हाम्रा उपकरणबाट महत्वपूर्ण अभिलेख बिग्रने वा हराउने समेत हुनसक्छ । 

भाइरस कहाँबाट आउँछ ? 
कम्प्युटरमा जस्तै तपाईको स्मार्टफोनमा पनि अन्य उपकरण वा इन्टरनेटको माध्यमबाट भाइरस आउनसक्छ । अहिले स्मार्टफोनमा प्रायः सबैले इन्टरनेट चलाउने गर्छन् । सामाजिक सञ्जाल चलाउने माध्यम पनि स्मार्टफोन नै भएको छ । त्यसले गर्दा सबैभन्दा धेरै भाइरस आउने सम्भावना इन्टरनेटबाटै हुन्छ । तपाईले कुनैपनि गेम, एप्स वा डाटा नै डाउनलोड गर्दा पनि भाइरस आउन सक्छ । यसका अतिरिक्त तपाईले ब्लुटुट वा ‘सेयरइट’लगायतबाट अन्य उपकरणमा भएको डाटा सार्दा पनि भाइरस आउन सक्छ । अर्को उपकरणमा भाइरस भएको अवस्थामा मात्र यस्तो सम्भावना धेरै हुन्छ । 

भाइरसबाट कसरी बचाउँने ? 
भाइसरबाट आफ्नो स्मार्टफोनलाई बाचाउन सबैभन्दा ध्यान दिनुपर्ने कुरा भनेको शंकास्पद वेवसाइट नखोल्नु र जुनसुकै एप्स डाउनलोड नगर्नु नै हो । कतिपयको पोर्न साइट हेर्ने बानी हुन्छ । यस्ता साइटबाट सबैभन्दा छिटो भाइरस स्मार्टफोनमा पस्ने सम्भावना हुन्छ । त्यस्तो स्वचालितरुपमा जुनसुकै एप्स डाउनलोड र इन्टल हुने बनाउनु भएको छ भने पनि तपाईको स्मार्टफोनमा भाइरस पस्न सक्छ । 

भाइरसबाट जोगाउन स्मार्टफोन किनेपछि सबैभन्दा पहिले गतिलो एन्टिभाइरस हाल्नु उपयुक्त हुन्छ । त्यसका लागि कुन एन्टिभाइरस राम्रो भन्ने विभिन्न वेवसाइटमा गएर तिनको ‘रिभ्यु’ पढेर पत्ता लगाउन सकिन्छ । वाइफाई प्रयोग गर्दा र आफ्नो मोबाइलबाट वाइफाई ‘हट्सपट’ बनाउँदा पनि ध्यान दिनु जरुरी हुन्छ । 

भाइरस लागिहालेको खण्डमा तपाईको डाटाको सुरक्षका लागि पहिले नै सबैखाले डाटाहरु ‘ब्याकअप’ राख्नु उपयुक्त हुन्छ । ‘ब्याकअप’का लागि तपाई हार्डड्राइभ प्रयोग गर्न सक्नुहुन्छ । त्यस्तै अहिले धेरै खाले ‘क्लाउड बेस’ सुविधा आएकाले त्यसमा पनि डाटालाई सुरक्षित गर्न सकिन्छ । फोनमा पासवर्ड राखेपनि धेरैले एप्सका लागि भने छुट्टै पासवर्ड राखेका हुदैनन् । सुरक्षाका हिसाबले हरेक एप्सका लागि पासवर्ड राख्नु उपयुक्त मानिन्छ । फोन प्रयोग नगरेका बेला सबैलाखे सेवाहरु (इन्टरनेट, जिपिएसलगायत) बन्द गर्नु सबैभन्दा राम्रो हो । 

प्रकाशित: १९ जेष्ठ २०७४ ०७:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App