८ वैशाख २०८१ शनिबार
राजनीति

‘असारभित्रै फोहोर व्यवस्थापन’

रमेश महर्जन, मेयर कीर्तिपुर नगरपालिका 
कीर्तिपुरमा खानेपानी हाहाकार छ, कहिले र कसरी कसरी यो समस्या हल गर्नुहुन्छ ? 

एक वर्ष भित्रै म किर्तिपुरको नगर क्षेत्रलाई खानेपानीको हाहाकारबाट मुक्त गराउछु । यसका लागि तीन वटा ड्रिप बोरिङको काम भइरहेको छ, त्यसलाई व्यवस्थित गरेर जनताको दैलोमा पानी पु¥याउनेछौं । खानेपानीको मुहान दुधपोखरीको संरक्षण र सम्वद्र्धनमा समेत लाग्छु । 

फोहोर व्यवस्थापन भएको छैन, त्यसलाई कसरी व्यवस्थित गर्नुहुन्छ ? 
मैले दुई महिने कार्ययोजना बनाई तत्कालै गर्न सकिने सूची तयार पारेको छु । फोहोर व्यवस्थापन मेरो सूचीमा पहिलो चरणमै आउँछ । सुरुमा सार्वजानिक स्थलका भएका फोहोरमैला सरसफाई गरिनेछ । त्यसपछि कीर्तिपुर क्षेत्रका कालोपत्रे गरिएका सडकका खल्डाखुल्डी पुर्ने काम सुरु हुन्छ । यो काम आगामी असारभरमा सक्नेछु । ढललाई व्यवस्थित बनाउने काम पनि सुरु गर्छु । 

तपाईंको नयाँ योजना चाही के छन् नी ? 
कीर्तिपुरबाट स्वास्थ्य उपचारका लागि काठमाडौं धाउनुपर्ने बाध्यता छ । यहा हालसम्म सुविधासम्पन अस्पताल र टेक्निकल कलेज छैनन् । पाँच वर्ष भित्र म कीर्तिपुरमा मेडिकल र टेक्निकल कलेज स्थापना गर्छु । त्रिभुवन विश्वविद्यालय र कीर्तिपुरकावासी बीचको मतभेदलाई सुधार गर्छु । अव्यवस्थित जग्गा प्लटिङले नगर क्षेत्रलाई कुरुप बताएकाले जग्गा एकिकरणमार्फत व्यवस्थित सहरीकरण गर्छु । 

 

प्रकाशित: १९ जेष्ठ २०७४ ०७:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App