१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

अछाममा कांग्रेस र एमालेको प्रतिस्पर्धा

गाँउ गाँउमा चुनावी आमसभा गर्दै कांग्रेस । तस्बिर : रामबहादुर कुँवर

अछाम – करिव २० वर्षको पछि हुन लागेको स्थानीय तहको निर्वाचनमा अछाम जिल्लामा कांग्रेस एमाले बीच प्रतिस्पर्धा हुने मतदाताहरुले अनुमान गर्ने गरेका छन्।

निर्वाचनको मिति जतिजति नजिकिँदै छ त्यति त्यति नै अछामका राजनीतिक दलहरुमा उत्साह पूर्वक चुनाबी माहोल बढ्नुका साथै गाउँ गाउँ आमसभा र कार्यकर्ता भेटघाटमा व्यस्त बनेका छन् । दश स्थानीय तहमा विभाजित अछामको चार वटा नगरपालिका र छ वटा गाउँपालिकाहरुमा अधिकांश गाँउ र नगरमा कांग्रेस एमालेको नै प्रतिस्पर्धा देखिन थालेको छ । अछामका दशै स्थानीय तहमा मध्यमा नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री को गृह नगर मुख्य व्यापारी केन्द्र साँफेबगर नगरपालिकामा पनि कांग्रेस एमालेबीच कडा प्रतिस्पर्धा रहेको छ। 

साँफेबगर नगरपालिका बुढीगंगा नदी वरिपरि विभाजित रहेकोले पार्टीहरूले पनि मेयर उपमेयरका उम्मेदवार मिलाएर नै दिएका छन् । नेपाली कांग्रेसबाट समानुपातिक सांसदको उम्मेदवार समेत भइसकेका ध्वज बहादुर कुँवर मेयर र रुपा आउजीलाई उपमेयरको उम्मेदवार बनाएको छ । यस्तै एमालेले शिवबहादुर कुँवर शिलोजलाई मेयर र अमृता खड्कालाई उपमेयरमा चुनावी मैदानमा उतारेको छ । नेकपा माओवादी केन्द्रले भने खगेन्द्र वडलाई मेयर र बैजन्ती कुँवरलाई उपमेयर मा टिकट दिएको छ । सबैले चासोका साथ हेरिरहेको साँफेबगर नगरपालिकामा कांग्रेस एमालेले आ–आफ्नै बाजी मार्ने दाबी गरिरहेका छन् । कांग्रेस उम्मेदवार ध्वजबहादुर कुँवरका अनुसार साँफेबगर नगरपालिका कांग्रेसको पहिलेदेखि नै पकड भएको र २०१५ सालमा पनि कांग्रेसले नै चुनाव जितेको क्षेत्र पनी साँफेबगर नगरपालकामा रहनु साथै कांग्रेसले राष्ट्रिय राजनीतिमा खेलेको भूमिका बहुदल र प्रजातन्त्र प्राप्तीका लागि अछामी कांग्रेसको उल्लेखनीय भूमिका नै कांग्रेसको चुनाब जित्ने आधार भएको बताए । उनले विकास र शान्ती ल्याउने पार्टी कांग्रेस भएको र जनताको जनलहर पनि आफ्नो पक्षमा रहेकोले कांग्रेसको जित सुनिश्चत रहेको बताए।

यस्तै एमालेका मेयरका उम्मेदवार शिवबहादुर कुँवर शिलोजका अनुसार नेकपा एमालेले राष्ट्रियता पक्षमा खेलेको भूमिका र एमालेको गाँउ गाँउमा संगठन बलियो हुनु नै आफ्नो जित्ने अधार हो । साथै आफ्नो उम्मेदवारी मा सबैको सहमति भएको र एमालेको पक्षमा देखिएको जनलहरका आधारमा चुनाव जित्नेका कुनै शंका नरहेको बताए । यस्तै माओवादी केन्द्रले पनि आफ्ना उम्मेदवारहरु युवा भएको र २० वर्ष सम्म हुन नसकेको स्थानीय तहको निर्वाचन पनि गरेकाले आफ्नो जित्न निश्चत रहेको बताएको छ ।     

असार १४ गतेको स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै प्रमुख चारवटै दलले सार्वजनिक रुपमै आमसभाको आयोजना गरेर तथा समूह समूहमा मात्र नभई घरदैलोमा नै गएर भोट माग्दै कार्यकर्ता भेटघाट कार्यलाई तिव्रता दिएका छन । यतिबेला देशकै ठूलो दल नेपाली काँग्रेसले केही तहका मात्र उम्मेदवारी फाइनल गरेका छ भने अधिकांशका फाइनल हुन बाँकी रहेका छन् । वडा स्तरका पदाधिकारीहरुको छनोट प्रक्रियालाई लाई भने उम्मेदवारी दिइसकेको कांग्रेस सभापति भरतकुमार स्वाँरले जानकारी दिए । देस्रो ठूलो दल नेकपा एमाले भने जिल्ला भरका उम्मेदवार एक महिना अघि नै छनोट गरेर वडा स्तरमामा कार्यक्रमहरु गरिरहेको छ । तेस्रो दल नेकपा माओवादी केन्द्रले पनि एक चरणका कार्यकर्ता भेटघाट र  मेयरका उम्मेदवार छनोट गरी सकेपनि केही ठाँउमा उपमेयरको बाँकी रहेको माओवादीले जनाएको छ । चौथो ठूलो दल राप्रपा पनि आफ्नो उपस्थिति बाक्लो भएको ठाउँमा कार्यकर्ता भेटघाट मै व्यस्त हुनुका साथै उम्मेदवार छनोट मा व्यस्त रहेको छ । 

लामो समय पछि हुन थालेको स्थानीय निर्वाचन र त्यसैमा पहिलेको भन्दा उम्मेदवारसंख्या पनि ज्यादै न्यून रहेकाले आकांक्षी धेरै हुँदा टिकट वितरणमा सकस परेको आकलन सबैले गरिरहेका छन् । यस अघिको स्थानीय निर्वाचनमा एउटा गाविसमा ४५ को संख्यामा उम्मेदवार हुने गरेकामा यस पटक प्राय साविकका गाविस एक वडामा परिणत भएकाले वडामा उम्मेदवारको संख्या जम्मा पाँच मात्र छ । यस पटक हुने स्थानीय तहको निर्वाचनमा अछाममा छ गाउँपालिका र चार नगरपालिकामा प्रमुख उपप्रमुख र सदस्य गरी चार सय ९९ प्रतिनिधि निर्वाचित हुने छन् । 

प्रकाशित: १९ जेष्ठ २०७४ ०६:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App