एमालेका २० नेतालाई कारबाही सिफारिस

शुक्रबार, १९ जेठ २०७४, १० : १९ नागरिक

सल्यान- नेकपा एमाले सल्यानले स्थानीय तह निर्वाचनमा पार्टी हित विपरीत कार्य गरेको जनाउँदै २० जना नेतालाई कारबाही गर्न सिफारिस गरेको छ। 

एमाले सल्यानले पूर्व जिविस सभापति तथा एमाले प्रदेश नं ६ का प्रदेश सदस्य उदयबहादुर बोहरा, शान्ता हमाल, सहरी विकास विभाग सदस्य इन्द्रकुमार शर्मा र विज्ञान प्रविधि विभाग सदस्य यौवनप्रकाश श्रेष्ठलाई साधारण सदस्यता नरहने गरी कारबाहीका लागि पार्टी केन्द्रीय कार्यालय र अनुशासन विभागमा सिफारिस गरिएको पत्रकार सम्मेलनमा जनाएको छ । 

यस्तै लेखा समितिका संयोजक सन्तोष राई तथा जगत न्यौपाने, सुशीला गिरी, ज्ञानप्रकाश शर्मा, काले सार्की, मोहनलाल कुँवर र जीवनसिंह ठकुरीलाई भने साधारण सदस्यता नरहने गरी कारबाही गरिएको एमाले जिल्ला अध्यक्ष गोविन्दबहादुर पुनले जानकारी दिए। 

यसैगरी जिल्ला कमिटी सदस्य गिर्दल बोहरा, टीकाराम बोहरा, दामोदर शर्मा, रिमबहादुर बुढाथोकी, धनबहादुर पुन र गणेश बिसी तथा पूर्व जिल्ला कमिटी सदस्य भीमसेन नेपाली र भोलाप्रकाश केसीलाई निर्वाचनमा पार्टीमा सहयोग नगरेकाले स्पष्टीकरण सोध्ने निर्णय भएको अध्यक्ष पुनले जानकारी दिए। 

चुनाव जितेकालाई पनि स्पष्टीकरण 
एमाले सल्यानले स्थानीय तहको निर्वाचनमा निर्वाचित वडााध्यक्षलाई समेत स्पष्टीकरण सोध्ने भएको छ । 
शारदा नगरपालिका–३ बाट वडाध्यक्षमा निर्वाचित टोपबहादुर थापालाई पनि स्पष्टीकरण सोधिने पार्टी अध्यक्ष पुनले बताए। पार्टी नीति र विधि विपरीत गएर आफूले मात्र जित्न भूमिका खेलेको भन्दै स्पष्टीकरण सोधिने भएको हो । वडा नं ३ मा वडाध्यक्षमा एमालेले तथा बाँकी सदस्यमा राप्रपा र नेपाली काँग्रेसले जितेका थिए । रासस 





यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

होटल मोक्सी आउँदै

होटल मोक्सी आउँदै

नेपालमा विदेशी चेन होटल ‘मोक्सी’ सञ्चालनमा आउने भएको छ । नेपालमा चेन होटल मेरियटको पाँचतारे मेरियट र तीनतारे फेयरफिल्ड सञ्चालन...

चेक रिपब्लिकको एम्बुलेन्स र मेडिकल उपकरण सहयोग

चेक रिपब्लिकको एम्बुलेन्स र मेडिकल उपकरण सहयोग

चेक रिपब्लिक डेभलपमेन्ट कोअपरेसनले नालास्थित धाग्पो शिडरब लिङ फाउन्डेसनलाई एउटा एम्बुलेन्स, विभिन्न मेडिकल उपकरणहरु र एउटा मालबाहक गाडी सहयोग गरेको...

Ncell Footer Ad