८ वैशाख २०८१ शनिबार
राजनीति

सरकारमा जान साना दलको दौडधुप

काठमाडौं – शेरबहादुर देउवा नेतृत्वमा बन्ने सरकारमा सहभागी हुन संसद्मा प्रतिनिधित्व गरेका साना दलहरूले दौडधुप थालेका छन् ।

विजय गच्छदारले नेतृत्व गरेको फोरम लोकतान्त्रिक देउवाको नेतृत्वमा नयाँ सरकारमा सहभागी हुने निश्चित भएको फोरम लोकतान्त्रिकका नेताहरूले बताएका छन् । यसैगरी प्रधानन्यायाधीश सुशीला कार्कीमाथि संसद्मा महाभियोाग दर्ता गरेको घटनाको विरोध जनाउँदै सरकार छाडेका राप्रपाले पनि नयाँ सरकारमा जान प्रयास थालेको छ । 

राप्रपा, नेकपा संयुक्त, परिवार दल, समाजवादी जनता पार्टी र अखण्ड पार्टी सरकारीमा जाने गृहकार्यमा ।

फोरम लोकतान्त्रिकमा नयाँ सरकारमा पुराना मन्त्रीहरूलाई दोहो¥याउने कि नदोहोर्याउने भन्ने विषयमा विवाद भएको छ ।  पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी नभएकाहरूले नयाँ अनुहारलाई प्राथमिकता दिनुपर्नेमा छन् भने अहिले सरकारमा रहेकाहरू दोहोरिनुपर्ने अडानमा छन् । अरू नेताहरू नदोहोरिए पनि विजय गच्छदार भने दोहोरिने निश्चित भएको स्रोतको भनाइ छ । फोरम लोकतान्त्रिकका नेता योगेन्द्र चौधरीले नयाँ सरकारमा पार्टीको सहभागी हुने गरी दाहाल नेतृत्व सरकारमा पार्टी सहभागी भएको बताए । ‘नयाँ सरकारमा निरन्तरता हुने गरी हामी माओवादी केन्द्रको नेतृत्वको सरकारमा सहभागी भएका हौं । त्यसैले नयाँ सरकारमा हामी सहभागी हुने करिबकरिब निश्चित छ,’ चौधरीले भने । वर्तमान सरकारमा फोरम लोकतान्त्रिकबाट तीन मन्त्री र तीन राज्यमन्त्री छन् ।  चौधरीले भने नयाँ सरकारमा अहिलेका मन्त्रीहरूलाई दोहो¥याउनुपर्ने बताए । सरकारमा सहभागितबारे गच्छदारले बुधबार देउवा निवास बूढानीलकण्ठ पुगेर छलफल गरेका थिए । उनले बुधबार नै प्रधानमन्त्री दाहालसँग पनि भेट गरेका थिए । प्रधानमन्त्रीसँगको भेटमा पनि नयाँ सरकारबारे छलफल भएको भएको फोरम लोकतान्त्रिकका नेताहरूले जनाएका छन्।

राप्रपाका अध्यक्ष कमल थापाले उपप्रधानमन्त्री हुने गरी सरकारमा जान दौडधुप थालेका छन् । सरकारमा जान उनले  कांग्रेस सभापति देउवासँग पटकपटक छलफल गरेका छन् । यसैगरी थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि कुराकानी गरेका छन् । स्थानीय तहको पहिलो चरणको चुनावको मुखमै राप्रपाले सकार छाडेको थियो । स्थानीय चुनावमा राप्रपाले अपेक्षित भोट ल्याउन नसक्नुमा चुनावको मुखमा पार्टीले सरकार छाड्नु प्रमुख कारण रहेको राप्रपा नेताहरूले विश्लेषण गरेका छन् । केही दिनअघि बसेको पार्टीको कार्यसम्पादन समिति बैठकमा यसाबारे गम्भीर छलफल भएको थियो । नेता पशुपतिशमशेर राणाले बैठकमा  चुनावमा पार्टी पराजय हुनुमा पार्टीले सरकार र हलो चुनाव चिह्न छाड्नु प्रमुख कारण रहेको बताएका थिए । 

स्रोतका अनुसार पार्टी अध्यक्ष थापा नयाँ सरकारमा सहभागी भई यसपटक स्थानीय तहको दोस्रो चरणको चुनाव परिणाम पार्टीका पक्षमा ल्याउने रणनीतिमा छन् । पार्टीका प्रवक्ता भुवन पाठकले सरकारमा सहभागी हुन कांग्रेस सभापति देउवाबाट प्रस्ताव आएमा त्यसलाई आपूmहरूले सकारात्मक रूपमा लिने बताए । ‘सरकारमा आउन कांग्रेस सभापतिबाट प्रस्ताव आएमा हामी  सकारात्मक रूपमा लिन्छौं र पार्टीमा छलफल गर्छौं,’ पाठकले भने । सरकारमा आउन कांग्रेस सभापतिबाट नै प्रस्ताव नआएकाले निर्णय नभएको पनि पाठकले बताए ।  राप्रपाबाट यसअघि सरकारमा गएकाहरू दीपक बोहरा, विक्रम पाण्डे, दिलनाथ गिरीलगायतका नेताहरू दोहरिनुपर्ने पक्षमा छन् भने मन्त्री नभएकाहरू नयाँलाई प्राथमिकता दिनुपर्छ भन्ने पक्षमा छन् । 

संसद्मा तीन सिट रहेको नेकपा (संयुक्त) र एकएक सिट रहेका समाजवादी जनता पार्टी र अखण्ड पार्टीले सरकारमा जाने इच्छा देखाएका छन् । अखण्ड पार्टीका अध्यक्ष कुमार खड्काले नयाँ सरकरमा जान कांग्रेस सभापतिबाट प्रस्ताव आएमा आफूले अस्वीकार नगर्ने बताए । 

संसद्मा दुइ सिट रहेको परिवार दललाई सरकार निर्माणमा सहयोग गर्न कांग्रेस सभापति देउवाले चिठी पठाएको परिवार दल स्रोतले जनाएको छ । परिवार दलका अध्यक्ष एकनाथ ढकालले सरकारमा निर्माण गर्न सहयोग गर्न आग्रह गर्दै कांग्रेस सभापतिबाट चिठी आएको बताए । उनले त्यसबारे पाटीले निर्णय नगरेको बताए । ‘सरकार निर्माणमा सहयोग गर्न कांग्रेस सभापतिबाट प्रस्ताव आएको छ । तर त्यसबारे हामीले निर्णय गरेका छैनौं’, ढकालले भने । 

सरकारको पक्षमा को को छन ? 
शेरबहादुर देउवा नेतृत्वमा बन्ने सरकारमा नेपाली कांग्रेसका दुई सय सात र माओवादी केन्द्रका ८२ सांसद छन् । यसैगरी फोरम लोकतान्त्रिकका १७, नेकपा (संयुक्त) का ३, समाजवादी जनता पार्टीको एक र अखण्ड पार्टीका एक सांसद सरकारको पक्षमा छन् । यसैगरी राप्रपा सरकारमा आयो भने राप्रपाका ३७ सांसद थपिनेछन् । नयाँ प्रधानमन्त्रीलाई बहुमत पु¥याउन दुई सय ९७ सांसद चाहिन्छ तर देउवाका पक्षमा तीन सय ११ भन्दा बढी सांसद जुटिसकेको उनी निकट स्रोतले जानकारी दियो । त्यसैले देउवा प्रधानमन्त्री हुनेमा ढुक्क भएको कांग्रेसका नेताहरू बताउँछन् ।  

राजपा सरकारमा नजाने 
नवगठित राष्ट्रिय जनता पार्टी नेपाल भने देउवा नेतृत्वमा बन्ने नयाँ सरकारमा सहभागी नहुने भएको छ । पार्टीले यसअघि नै देउवा नेतृत्वमा बन्ने नयाँ सरकारमा सहभागी नहुने निर्णय गरसकेको छ । पार्टी सरकारमा नगए पनि संसद्मा देउवाको पक्षमा भोट दिने सम्भावना रहेको राजपाका नेताहरूले जनाएका छन् । यसैगरी उपेन्द्र यादवले नेतृत्व गरेको फोरम नेपाल पनि नयाँ सरकारमा नजाने भएको फोरम नेपालका नेताहरूले बताएका छन्।

प्रकाशित: १९ जेष्ठ २०७४ ०१:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App