८ वैशाख २०८१ शनिबार
कला

विश्वका हट महिलाको सूचीका प्रियंका र दीपिका

नयाँ दिल्ली – बलिउड नायिकाद्वय दीपिका पादुुकोण र प्रियंका चोपडा विश्वकै सर्वाधिक हट महिलाहरूको सूचीमा परेका छन् । इन्डियाको म्याक्सिम म्याग्जिनले सार्वजनिक गरेको विश्वका सर्वाधिक हट महिलाको पहिलो स्थानमा भने सुपर मोडल हेली बोल्डविन परेकी छिन्। 

उक्त सर्वेक्षणमा विश्वका १०० जना महिलाहरुलाई समावेश गरिएको थियो । सन् २०१७ का १०० महिलाहरुका केन्द्रित भएर गरिएको उक्त सर्वेक्षणमा एमा वाट्सन, एमा स्टोन, केन्टर जेनर लगायतका विश्व हस्तीहरूको नाम समेत समावेश गरिएको थियो। 

ट्रिपल एक्स चलचित्रको अभिनय पश्चात् हलिउड फिल्मी क्षेत्रमा आफ्नो पहिचान बनाएकी दीपिकालाई हलिउड क्षेत्रमा पनि दर्शकले धेरै नै रुचाएका छन् । उनी यस अघि फोव्र्सले सार्वजनिक गरेको विश्वका धनी महिलाहरूको सूचीमा समेत परेकी थिइन्। 
प्रियंका चोपडाले भने हलिउड टेलिश्रृंङखला क्वान्टिको अभिनय पश्चात् हलिउडमा आफ्नो पहिचान बनाएकी हुन्। 

प्रकाशित: १८ जेष्ठ २०७४ १२:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App