coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मतपत्र च्यात्ने माओवादी कार्यकर्ता धरौटीमा रिहा

चितवन – गत आइतबार राति मतपत्र च्यातेको अभियोगमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका दुई कार्यकर्तालाई जिल्ला अदालत चितवनले धरौटीमा रिहा गरेको छ । 

स्थानीय तह निर्वाचनअन्तर्गत भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतगणना भइरहेको समयमा मतपत्र च्यातेको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनले द्रोणबाबु सिवाकोटी र मधु न्यौपानेलाई पक्राउ गरेको थियो । पक्राउ परेका दुवैलाई जिल्ला अदालत चितवनका न्यायाधीस वासुदेव पौडेलको एकल इजलासले थुनछेक आदेशका क्रममा जनही एक लाखको धरौटी मागसहित छाडेको हो । 

जिल्ला अदालत चितवनका निमित्त श्रेष्तेदार धनीप्रसाद चापागाईंका अनुसार उनीहरुविरुद्ध निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा १६ को उपदफा २ अनुसारको कारवाहीको माग गरिएको थियो । 

प्रकाशित: १८ जेष्ठ २०७४ १२:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App