coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

रुकुमका जङ्गलमा ८४ वटा पोखरी निर्माण

रुकुम – पानी खान नपाएर जङ्गली जनावरको मृत्यु हुन थालेपछि यहाँका जङ्गलमा पोखरी निर्माण गरिएको छ । 

जिल्ला समन्वय समितिअन्तर्गत नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमको आर्थिक सहयोगमा जिल्लाका मग्मा, दुली, घेत्मा, पूर्तिमकाँडा, अर्मा, रुकुमकोट, चौखावाङ र चनुवाङका विभिन्न जङ्गलमा ८४ वटा पोखरी निर्माण गरिएको हो।

खानेपानी अभावका कारण जङ्गलमा जनावरको मृत्यु हुन थालेपछि त्यहाँस्थित सिम्सार क्षेत्र र पानीको स्रोत सानो भएको ठाउँमा उक्त पोखरी निर्माण गरिएको नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रममा जिल्ला संयोजक भक्त भण्डारीले बताए। रासस 

प्रकाशित: १८ जेष्ठ २०७४ ११:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App