८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

बियरका लागि पाइप लाइन

बर्लिन –  जर्मनीमा हार्ट रक फेस्टिफल नामक एक सांगीतिक कार्यक्रममा बियरको आपूर्तिका लागि पाइप बिछ्याइएको छ । आगामी अगस्ट ५ देखि तीन दिनका लागि जर्मनीको वाकेन शहरमा हुने  सांगीतिक कार्यक्रममा यस्तो अनौठो कार्य गरिने भएको हो।

उक्त कार्यक्रममा सहभागी  बियर पिउन चाहने दर्शकहरुलाई सहज रुपमा नै सेवा प्रदान गर्नका लागि बियरको आपूर्तिमा पाइप लाइन बिछ्याइएको हो  । उक्त पाइपबाट प्रति सेकेन्डमा नै एक गिलास बियरको आपूर्ति हुन सक्ने निर्माण पक्षको दाबी छ। 

उक्त क्षेत्रमा १४ इन्च वर्गमिटरको क्षेत्रफलमा पाइप बिछ्याइएको छ । हार्ट रक फेस्टिफल लण्डनको एक चर्चित सांगीतिक कार्यक्रम हो । जुन कार्यक्रममा सांगीतिक क्षेत्रका विश्व विख्यात व्यक्तित्वहरुको  सहभागिता रहने गरेको छ । आगामी अगस्ट ५ देखि सञ्चालन हुने उक्त पर्वमा करिब ७५ हजार मानिसहरु सहभागी हुने छन् । 

ठूला तथा भव्य कार्यक्रमहरुमा पेय पदार्थको प्रयोग अनिवार्य भएको र त्यस समय देश तथा विदेशबाट आउने पाहुनाहरुको सम्मान तथा उनीहरुलाई सरल र सहज सेवा दिनका लागि आपूर्तिका लागि पाइप बिछ्याइएको आयोजकले बताएको छ। 

यस अवसरमा बियरको आपूर्तिका सहजता प्रदान गर्न तथा कार्यक्रमलाई वातावरण मैत्री बनाउनका लागि पेय पदार्थको आपूर्तिमा पाइप बिछ्याइएको जर्मन मिडियाहरुले बताएका छन्। 

 

प्रकाशित: १८ जेष्ठ २०७४ १०:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App