८ वैशाख २०८१ शनिबार
अर्थ

सिन्धुलीमा महिन्द्राको नयाँ शोरुम

काठमाडौँ – महिन्द्रा गाडीहरूको आधिकारिक विक्रेता अग्नि इन्कर्पोरेटेड प्रा.लि अन्गर्तको श्री कृष्ण डिष्ट्रिब्युटर्स्ले सिन्धुलीमा जेठ १५ गतेबाट महिन्द्रा शोरुम सञ्चालनमा ल्याएको छ ।

ग्राहकहरूका माझ अझ सहज तरिकाले आफ्नो सेवा प्रदान गर्ने उद्देश्य अनुरुप उक्त नयाँ शोरुमले सेल्स, सर्भिस तथा स्पेयर पाट्र्स सबै उपलब्ध गराउने भएको छ । 

महिन्द्राका ट्रयाक्टर, पिक–अप तथा लोकप्रिय UV सिरिज लगायत महिन्द्राका अन्य उत्कृष्ट सेवाहरु लिई शोरुम सिन्धुलीमा प्रस्तुत भएको हो । कम्पनीका अनुसार उक्त नयाँ शोरुमको स्थापनाले ग्राहकहरुलाई महिन्द्राका उत्कृष्ट सेवाहरुको पहुँच झनै सहज हुनुका साथै स्थानीय क्षेत्रमा अन्य विभिन्न आर्थिक लाभ पुग्नेछ ।
 
अग्नि इन्कर्पोरेटेडले सन् १९९१ देखि महिन्द्राको नाम र सेवालाई नेपालीहरु समक्ष सफतापूर्वक पुर्याउँदै सेवाहरु सञ्चालन गर्दै आएको छ । 

प्रकाशित: १८ जेष्ठ २०७४ १०:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App