coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सिंगापुरको राष्ट्रपतिमा मलेशियन उठ्न पाउने

एजेन्सी –  सिंगापुरमा नयाँ राष्ट्रपतिको चयनका लागि बिहीबार देखि उम्मेदवारी दर्ता सुरु गरिएको छ । सिंगापुरमा वर्तमान राष्ट्रपति टोनी टान केङ यानको कार्यकाल आगामी अगस्ट ३१ मा सकिने छ ।

उम्मेदवारहरुले आफ्नो योग्यता सहित उम्मेदवारी दर्ता गराउन पर्ने निर्वाचन आयोगको प्रावधान रहेको छ ।  
नयाँ राष्ट्रपतिले आफ्नो कार्यभार सेप्टेम्बर १ देखि सम्हाल्नु पर्ने कानुनी प्रावधान रहेकोमा निर्वाचन प्रक्रियाबाट राष्ट्रपतिको चयन नभएसम्मका लागि कामचलाउ रुपमा पुरानै राष्ट्रपतिले कार्यभार सम्हाल्ने छन्। 

सिंगापुरमा गत नोभेम्बर महिनामा संविधान संशोधन गरिएको थियो । उक्त संसोधन अनुसार राष्ट्रपतिको उम्मेदवारीका लागि मलेशियन नागरिकले पनि उम्मेदवारी दिन पाउने व्यवस्था गरिएको छ । उम्मेदवारहरुले आवश्यक न्यूनतम योग्यताका साथमा आफू मलेशियन समुदायको भएको प्रमाण समेत उम्मेदवारी दर्ताका क्रममा दिनु पर्ने नियम छ । 

 

प्रकाशित: १८ जेष्ठ २०७४ ०६:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App