पोखरा – कास्की जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सुपरजोन एकाइले काम सुरु गरेको छ ।
सुपरजोन एकाइमार्फत जिल्लाभित्र पोखरा, हेम्जा, निर्मलपोखरी, भरतपोखरी र लेखनाथका विभिन्न स्थानमा तरकारीखेतीे विकास तथा विस्तारका लागि सो एकाइले काम थालेको हो ।
उक्त एकाइका कार्यालय प्रमुख वसन्तकुमार श्रेष्ठका अनुसार जिल्लामा व्यावसायिक तरकारीखेती विकास तथा विस्तारका लागि सो परियोजनाअन्तर्गत कुल रु ११ करोड ५३ लाख ९९ हजार विनियोजन भएको छ ।
कार्यालयले जिल्लाका विभिन्न पाँच ठाउँमा हाइटेक ग्रिन हाउस मा नर्सरी स्थापना गरिसकेको जानकारी दिँदै उनले जिल्लामा कस्टोम हायरिङ सेन्टर, पोष्ट हार्वेट सेन्टर, कृषि प्रविधि केन्द्र स्थापनाजस्ता कार्य पनि अघि बढाइसकेको बताए।
हाइटेक ग्रिन हाउस नर्सरी स्थापनामा कृषक समूहको १५ प्रतिशत लगानीमा सरकारका तर्फबाट ८५ प्रतिशत अनुदान दिइने जानकारी गराउँदै उनले अनुदान सम्झौता भई काम सुरु गरिसकिएको बताए ।
कार्यक्रमअन्तर्गत कस्टोम हायरिङ सेन्टरका लागि ५० प्रतिशत, पोष्ट हार्वेट सेन्टरका लागि ८५ प्रतिशत अनुदान दिइने उनले जानकारी दिए ।
जिल्लामा सहभागितात्मक वैज्ञानिक उत्पादन, प्रशोधन प्रविधि तथा स्थलगत तालिम सञ्चालन, कृषि प्रविधि केन्द्र स्थापना, जैविक विषादी कारखाना स्थापना तथा सहयोग, प्राङ्गारिक मल कारखाना तथा सहयोगजस्ता कार्यक्रम पनि समावेश गरिएको कार्यालयले जनाएको छ ।
परियोजनाको लक्ष्यअनुरुप जिल्लाभित्र कुल एक हजार हेक्टर क्षेत्रमा तरकारीखेती विस्तार गर्ने गरी काम अघि बढाइएको प्रमुख श्रेष्ठले जानकारी दिए। रासस
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
विश्लेषक मिंगसी कुओका अनुसार सन् २०२१ मा रिलिज हुने आइफोनमा कुनै पनि पोर्ट हुने छैन! ...
पल्सर डेयर भेन्चरले भोलि हुने नेपाल र भुटानबीचको फाइनल खेल समापन पश्चात स्टेडियम सफा गर्ने जनाएको छ। ...
एमभी दुगड ग्रुपद्वारा सोलुखुम्बुमा निर्माणाधीन २९.४ मेगावाट क्षमताको लिखु–ए जलविद्युत् आयोजनाको २.५ किलोमिटरको सुरुङ तथा सबै भूमिगत संरचनाको निर्माण सकिएको...
तिनाउ मिसन डेभलपमेन्ट बैंकले नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकलाई प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ। ...
इन्जिनियरिङ एक्सपोर्ट प्रमोसन काउन्सिल भारतको सहकार्यमा मेडिकल र डायग्नोस्टिक प्रदर्शनी ‘नेपाल मेडिकल सो’ हुने भएको छ । ...
डिस होमले आफ्ना ग्राहकहरुलाई सदस्यता शुल्क समाप्त भइसके पछि पनि ३ दिन सम्म थप म्याद दिदै आएकोमा अब उक्त सेवाको...
केही वर्षअघिसम्म १–२ जना आन्तरिक पर्यटक मात्र आउने मकवानपुरगढी क्षेत्रमा अहिले दैनिक हजारभन्दा बढी आउन थालेका छन् । ...
सन नेपाल लाइफ इन्स्योरेन्सले अभिकर्ता अन्तरक्रिया तथा सम्मान कार्यक्रम गरेको छ । ...
यसमा तपाईको मत