coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

‘सफा सहर’ अभियान सुरु

काठमाडौँ – काठमाडौँलाई सफासुग्घर बनाउन ‘सफा सहर’ अभियान थालिएको छ । 

महानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गीले विहीबारदेखि ‘सफा सहर’ अभियान सुरु गरेका हुन्। बुधबार पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएका प्रमुख शाक्य र उपप्रमुख खड्गीले बुधबार बूढानीलकण्ड नगरपालिका र काठमाडौँ महानगरपालिकाको सिमानामा रहेको बाँसबारीमा उक्त अभियानको सुरुवात गरेकी हुन्। 

“काठमाडौँलाई सफा बनाउने अठोटका साथ अभियान सुरु गरिएको हो, देखाउनका लागि मात्र होइन,” नगर प्रमुख शाक्यले भने। 

सोही अवसरमा उपप्रमुख खड्गीले सहर सफा गर्ने कामका लागि मात्र नभई महानगरका सम्पूर्ण कार्य गर्न नगरवासीको सहयोगको आवश्यक रहेको बताए । उक्त कार्यक्रममा स्थानीय बासिन्दा, सामाजिक सङ्घसंस्थाका प्रतिनिधि, काठमाडौँ महानगरका कर्मचारीलगायतको सहभागिता रहेको थियो । रासस 

प्रकाशित: १८ जेष्ठ २०७४ ०५:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App