coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पुनः महानगरपालिका घोषणाले बिराटनगरबासी उत्साही

विराटनगर—सरकारले विराटनगरलाई महानगरपालिका बनाउने निर्णय गरेपछि विराटनगरवासी पुनः उत्साहित भएका छन्। सरकारले बुधबार विराटनगर उपमहानगरपालिकाको स्तरोन्नति गरेको घोषणा गरेपछि स्थानीय उत्साहित भएका हुन्।

असार ८ गतेको मन्त्रिपरिषद्को निर्णयबाट सरकारले महानगरपालिका घोषणा गरेको लगत्तै सर्वोच्चमा रिट परेपछि विराटनगर पुनः उपमहानगरपालिकामा झरेको थियो।

महानगरपालिका बनेको खुसीमा स्थानीयवासीले दीपावलीसमेत मनाएका थिए। चार दिनपछि पुनः उपमहानगरपालिकामा झरेपछि स्थानीयवासी उदासीन भएका थिए। सरकारले विराटनगरको सिमाना हेरफेर गरी भाथिगन्ज र टङ्कीसिनुबारीलाई थपेर वडाको सङ्ख्यामा वृद्धि गरेको थियो। अब विराटनगरका साविक १९ वटै वडालाई कायम राखी महानगरपालिकामा घोषणा गरिएको छ।

महानगरपालिकालाई आवश्यक पर्ने क्षेत्रफल, जनसङ्ख्या र अन्य पूर्वाधारयुक्त विषय संवैधानिक तथा कानुनी व्यवस्था तथा स्थानीय तहको आवश्यकताअनुसार भविष्यमा पनि थप क्षेत्र विस्तार गर्दै लैजान सकिने सम्भावनालाई ध्यान दिई बुधबारको मन्त्रिपरिषद्ले सो निर्णय गरेको बताइएको छ। रासस

प्रकाशित: १८ जेष्ठ २०७४ ०५:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App