coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

नेविसङ्घका पूर्व महामन्त्रीको अमेरिकामा निधन

काठमाडौं–नेपाल विद्यार्थी सङ्घका पूर्वमहामन्त्री शिव भुर्तेलको निधन भएको छ। नेपालको प्रजातान्त्रिक आन्दोलनमा अतुलनीय योगदान दिएका भुर्तेलको बुधबार राति अमेरिकामा निधन भएको हो।

अमेरिकाको कोलोराडो मेडिकल कलेजमा क्यान्सरको उपचार गराइरहेका भुर्तेलको बुधबार राति पौने ९ बजे निधन भएको नेविसङ्घका अध्यक्ष नैनसिंह महरले जानकारी दिए।

भुर्तेलको निधनले नेपाल विद्यार्थी सङ्घ, नेपाली काँग्रेस र प्रजातान्त्रिक आन्दोलनमा अपूरणीय क्षति भएको महरले बताए। रासस

प्रकाशित: १८ जेष्ठ २०७४ ०५:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App