५ वैशाख २०८१ बुधबार
अर्थ

लुक्ला विमानस्थलका प्रमुख कुँवर छानविनका लागि केन्द्र तानिए

सोलुखुम्बु—गत शनिबार लुक्ला विमानस्थलमा भएको समिट एयरको जहाज दुर्घटनाका सम्बन्धमा छानविनका क्रममा लुक्ला विमानस्थलका नागरिक उड्ययन प्राधिकरण प्रमुख योगिन्द्रनाथ कुँवरलाई केन्द्रमा झिकाइएको छ।

विमान दुर्घटनापछि नागरिक उड्ययन प्राधिकरणका पूर्व निर्देशक त्रिरत्न मानन्धरको संयोजकत्वमा बनेको छानविन समितिले सोधपुछका क्रममा कुँवरलाई केन्द्रीय कार्यालयमा झिकाएको हो।

मौसम निकै खराब हुँदाहुँदै पनि सो जहाजलाई अवतरणका लागि अनुमति दिएर लापरवाही गरेको शङ्कामा कुँवरलाई केन्द्रमा झिकाइएको हो। गोमा एअरको जहाज दुर्घटनाका क्रममा कुँवर विदेश भ्रमणमा रहेको र सो भ्रमणका सम्बन्धमा केन्द्रीय कार्यालयमा जानकारी नभएको बताइएको छ।

बच्चुनारायण श्रेष्ठलाई नागरिक उड्ययन प्राधिकरण लुक्लाको प्रमुख तोकिएको छ। पछिल्लो समयमा लुक्ला विमानस्थलमा उड्ययन प्राधिकरणको लापरवाही बढ्दै गएको स्थानीयले गुनासो गर्दै आएका छन्। विमानस्थलभित्रै बल खेल्नेदेखि, सामान जथाभावी राख्ने तथा मौसमप्रति सजग नहुनेलगायतका क्रियाकलाप पछिल्ला दिनमा बढ्दै गएको गुनासो छ। पर्यटकीय सिजनमा लुक्ला विमानस्थल अत्यन्तै व्यस्त रहने गर्छ।

शनिबार समिट एयरको जहाज दुर्घटना हुँदा चालक पारस राई र सह चालक सृजन मानन्धरको ज्यान गएको थियो भने परिचारिका प्रज्ञा महर्जनको राजधानीमा उपचार भइरहेको छ । रासस

प्रकाशित: १८ जेष्ठ २०७४ ०५:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App