coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

एनओसी अध्यक्षलाई अपमान

काठमाडौं- भलिबलले राष्ट्रिय खेलको मान्यता पाएको खुसी मनाउन बुधबार आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय मान्यताप्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले अपमानजनक व्यवहार सहनुपरेको छ।

भलिबललाई राष्ट्रिय खेलको मान्यता प्रदान गर्ने नेपाल सरकारलाई धन्यवाद ज्ञापनका लागि नेपाल भलिबल संघले आयोजना गरेको कार्यक्रममा युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाली, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट, मन्त्रालयका सचिव महेश दाहाललगायतसँगै एनओसी अध्यक्ष श्रेष्ठ पनि अतिथि थिए। तर वैधताको विवादमा सरकारविरुद्ध अदालतमा मुद्दा दायर गरेको एनओसीका अध्यक्ष श्रेष्ठको उपस्थिति मन्त्री श्रीपालीले नपचाएका कारण उनी कार्यक्रम सुरु हुनुपूर्व नै कार्यक्रमस्थल छोड्न बाध्य भए।

मन्त्री श्रीपालीले श्रेष्ठलाई मञ्चमा राख्ने भए आफू जाने चेतावनी दिएपछि आयोजक अन्योलमा पर्दा कार्यक्रम १ घण्टाभन्दा ढिलो गरी सुरु भएको थियो। मन्त्रीको आशय बुझेपछि श्रेष्ठले आफंै भलिबलका केही पदाधिकारीलाई जानकारी गराएर कार्यक्रमस्थल छोडेका थिए।

कार्यक्रममा संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा र महासचिव जितेन्द्रबहादुर चन्दले नेपाल सरकार, राखेप, खेलाडी, विभिन्न जिल्ला तथा क्षेत्रीय संघ, भलिबल क्लब र सबै सरोकारवालालाई राष्ट्रिय खेलको मान्यता दिलाउन योगदान गरेबापत धन्यवाद दिए। यसै गरी मन्त्री श्रीपालीले प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष पहलकदमीका कारण भलिबलले राष्ट्रिय खेलको मान्यता पाएको बताए। मन्त्री श्रीपालीले भलिबल खेललाई राष्ट्रिय खेलकै हैसियतमा भव्यताका साथ देशभर विस्तार गर्न संघलाई निर्देशन दिए। सचिव दाहाल, सदस्यसचिव विष्टलगायतले भलिबललाई राष्ट्रिय खेलको मान्यता दिलाउन आफूहरूले योगदान गरेको चर्चा गरे।

सरकारलाई धन्यवाद दिन आयोजित सोही कार्यक्रममा भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्माले खेलाडी कल्याणकारी कोष स्थापना गरेका छन्। आफ्नै नाममा स्थापित कोषमा शर्माले १० लाख रुपैयाँ प्रदान गरेका थिए भने मन्त्रालयले १० लाख तथा खेलाडी शिला अधिकारी र सरस्वती जिसी भण्डारीले जनही १५ हजार रुपैयाँका दरले प्रदान गरे।

प्रकाशित: १८ जेष्ठ २०७४ ०३:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App