१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

महानगरको विकास : समन्वयमा भर

मुलुकको राजधानी काठमाडौ महानगरपालिमा यतिखेर सफासुग्घर छ, महानगर परिसर चटक्क पारिएको देखिन्छ। महानगरको प्रवेशद्वारबाट भित्र पस्नासाथ दायाँबायाँ सुन्दर बगैंचाले स्वागत गरेको अनुभव हुन्छ। बागदरबारमा कार्यालय रहेको महानगर परिसरका भित्तामा रातारात रङ पोतिएको छ।  पर्खाल नयाँ भित्ता छ र त्यसमाथि रङ पोतिएको छ। रुख बोटबिरुवा विशेष किसिमले सजाइएको देखिन्छ। प्लास्टिकका पोकामा निसास्इिरहेका सयपत्रीले माटोमा रमाउन पाए। रातरातै पर्खाल छेउमा फूल फूलेको पो देखियो। हुनसक्छ, कुनै नर्सरीले राम्रै बिजनेस पायो। मंगलबार साँझ कार्यालयबाट घर जाँदा पर्खालका भित्ता खालि थिए। बु्धबार बिहान ती भित्तामा तस्बिर झुण्डिएका दृश्य देखियो। ठूला फ्रेमहरूमा सजिएका तस्बिरले महानगरका विभिन्न जीवनकथा बोलिरहेको अनुभव हुन्छ। यतिखेर महानगरको आवरण फेरिएको छ। महानगरको कार्यालय र नागरिक दैनिकको कार्यालय एउटै बिल्डिङ जेडिए कम्प्लेक्समा रहेकाले दिनदिनै पंक्तिकारको महानगरको परिसरसँग सान्निध्य हुने गर्छ। त्यसैले यहाँ  रातारातका परिवर्तन नजिकबाट देख्न र भोग्न पाइयो। निर्वाचनबाट आएका नयाँ प्रमुख विद्यासुुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गीको स्वागतका लागि सिंगारिएको महानगर आउँदा दिनमा पनि यस्तै भइरहने हो वा अझ कला शिल्पहरूले भरिभराउ हुने हो वा बिगँ्रदै/भत्कँदै जाने हो? अहिल्यै आकलन नगरौं। मुलुकको राजधानीमा रहेको महानगरको आफ्नै विशिष्ठता छ। राजधानीको यो स्थानीय तहको आफ्नै भूमिका हुन्छ नै। 

सहर भनेको विकास र अवसरको थलो हो, त्यसैले त्यहाँ हरेक सेवा हुनुपर्छ, त्यो सहजतासाथ उपयोग हुन सक्नुपर्छ र त्यो उत्तिकै सुन्दर पनि हुनुपर्छ।

दुई दशकअघि पनि जनताका प्रतिनिधि थिए। त्यसबेला स्थानीय  निकाय भनिन्थ्यो।  त्यसबेला चार हजारको हाराहारीमा स्थानीय निकाय थिए। लामो समयपछि फेरि जनताका प्रतिनिधि निर्वाचनबाट आएका छन्। पहिले र अहिले आकास जमिनको जस्तै फरक छ। शब्दमा निकायहरू तहमा रूपान्तरण भएका हुन्मात्र भन्न मिल्दैन। यहाँ तात्विक भिन्नता छन्। जनताबाट निर्वाचित प्रतिनिधिहरू स्थानीय तहका सरकार प्रमुख हुन्। उनीहरूको सत्ता वडावडाहरूमार्फत विकेन्द्रित हुन्छ। वडाको सरकार प्रमुख वडा अध्यक्षहरू हु्न् । यस अर्थमा स्थानीय तह लोकतन्त्रको आधारशीला जस्तो भएर रहेको छ अहिलेको संविधानमा। त्यसैले जनताका प्रतिनिधिको पदग्रहण विशेष तामझामका साथ गरिनुलाई अन्यथा नलिऔं। यी हरफ कोरिरहँदा काठमाडौं महानगरका कर्मचारीमा चटारो छन्। उनीहरूलाई भ्याइ/नभ्याइ छ। उनीहरू नयाँ जनप्रतिनिधिहरूको स्वागतमा कुनै कसर नरहोस् भनेर सचेत र दत्तचित्त देखिन्छन्। सोमबार निर्वाचन परिणाम घोषणा भएको हो काठमाडौं महानगरको। मंगलबार त्यत्तिकै छाडेर बुधबारको शुभसाइतमा सपथ ग्रहण र  पदभारको कार्यक्रम छन्। महानगरका साथसाथ सम्भवत वडाहरूमा पनि यस्तै तामझाम हुनुपर्छ । राजधानीको महानगर भएकाले यसको आफ्नै पन छ, महत्व छ र जिम्मेवारी उत्तिकै छ। त्यसो त यसैगरी हुनसक्छ अरू महानगर, उपमहानगर, नगरहरू र गाउँपालिकामा विशेष स्वागत सत्कारका साथ जनताका प्रतिनिधि भित्रिएका छन्। कतिपयले कामकारबाही थालिसकेका छन्। कतिपय थाल्दैछन्।

महानगर परिसरबाट अलिक बाहिर सुन्धारा क्षेत्रको चर्चा गरौं। महानगर प्रवेशद्वारको बायाँतर्फ करिव २ सय मिटरको दूरीमा रहेको धरहरा परिसर पनि रातारात कालोपत्रे गरिएको छ। संयोग हो वा नियोजित, महिनौंदेखि पानी पर्दा हिलाम्य र घामलाग्दा धुलाम्य हुने धराहरा क्षेत्रले कालो आवरण पाएको छ। यता महानगरको अर्को साइड दायाँ करिव ३ सय मिटरको दूरीमा त्रिपुरेश्वर चोक आउँछ। महाननगरको प्रवेशद्वारबाट त्रिपुरेश्वर जाने पेटीमा नेपाल दूरसञ्चार संस्थान, काठमाडौं उपत्यका खानेपानी कार्यालय (केयुकेएल)कम्पनी रजिस्टार कार्यालय र भन्सार विभागको कार्यालय छन्। अर्थात सबै सरकारी निकाय छन् यहाँ। तर यहाँको पेटीबाट यात्रा गर्नेहरूले विशेष ध्यान पुर्‍याएर र नाक छोपेर हिँड्नुपर्ने हुन्छ। कारण, सडकबाट कार्यालयमा गाडी उकाल्न गरिएका ढलानहरूमा चिप्लने खतरा रहन्छ भने केयुकेएलको क्यान्टिनबाट निस्किएको फोहर सडक पेटीमा त्यत्तिकै छाडिएको हुन्छ। वर्षा लाग्दैछ, केयुकेएलको ढल्किएको पर्खाल गर्ल्याम्म भत्कने हो कि टाउकोमाथि भन्ने खतरा राखेर हिँड्नुपर्ने हुन्छ। यहाँका सडकमा महानगर परिसर जस्तो फूल बगैंचा छैन र डस्टबिन पनि छैन। त्रिपुरेश्वर चोक वर्षाका बेला आहाल जस्तै हुन्छ। महानगरबाट बाहिर निस्कनासाथ यसका दायाँवायाँका सडकमा मल छन्, भौतिक विकास छ यहाँ तर कुनै कला शिल्प अनुभव हुँदैन। मानिसको भिडभाडमात्र छैन यहाँ हरपल जुलुस हिँडिरहेका हुन्छन्। सडकमा साना गाडी त्यसमा पनि भट्भटेको बाहुल्यता देखिन्छ। रातारात सिंगारिएको सुन्दर महानगर परिसर जस्तो छैन यसैको छरछिमेक। सार्वजनिक यातायातको चरम अभाव छ महानगरमा। कोचिएर यात्रा गनर्ुेपर्ने समस्या ज्युका त्युँ छन्। तर ट्राफिक प्रहरीको कार्ययोजनामा हर्न निषेध गनर्ेे र सडकमा हिँड्नेहरूलाई जेब्राक्रसबाट बाटो काट्ने कडाइमा सीमित भएको देखिँदैंछ । दैनिक कति बटुवालाई कारबाही गरियो, कतिलाई जरिवाना गरियो? त्यसको लेखाजोखामात्र होइन, प्रचारमा जुटेको छ पुलिस। यात्रु कोच्ने यातायात साधनलाई कारबाही गरेको समाचार बन्न पाउँदैन। कारण, प्रहरीको नियन्त्रणमा शायद आमजनताले मात्र भोग्नुपर्छ। सडक, बत्ति, पानी, धुलो, हिलो र यातायात, सञ्चार यहाँका सदाबहार समस्या हुन्। महानगरका बानेश्वर, कोटेश्वर, चाहविल, महाराजगन्ज, कलंकी, कालीमाटी, थापाथली जस्ता चौबाटामा मानिस होइन, जुलुस हुन्छन् हरक्षण। त्यहाँ आकासे पु्ल छैनन्। सहर भनेको विकास र अवसरको थलो हो, त्यसैले त्यहाँ हरेक सेवा हुनुपर्छ, त्यो सहजतासाथ उपयोग हुन सक्नुपर्छ र त्यो उत्तिकै सुन्दर पनि हुनुपर्छ। सहरमा निर्माण हुने भौतिक संरचन आर्किटेक्ट – शिल्पविज्ञान) भरिपूर्ण हुनुपर्छ। तर हामीकहाँ भौतिक निर्माण भनेको निर्माणको अर्थमा मात्र लिइन्छ। अर्थात सिभिल इन्जिनियरिङ पक्षलाई ध्यान दिइन्छ। कला र शिल्पविज्ञान उपयोग गरिँदैन। उदाहरणमा काठमाडौं सहरमा वर्षौंअघि बनेका फलामे जीर्ण अकासे पुल र हालै नयाँ बानेश्वर पानीट्यांकी सामुन्न्ोको आकासे पुल लिन सकिन्छ। पछिल्लो समय निर्माण भएको यो आकासे पुलले बानेश्वरको सोन्दर्य थप्यो कि सहरलाई थप कुरूप बनाउन योगदान गर्‍यो?

जनसंख्याको चाप, केन्द्रीकरण राज्यसत्ताको बोझ, शिक्षा, स्वास्थ्य र हरेक अवसरको आकर्षण काठमाडौं महानगरपालिका सधँै चुनौतीको चाङबीचमा हुन्छ। त्यसैले यहाँका जनप्रतिनिधिको जिम्मेवारी पनि अधिक छ, जवाफदेही पनि बढी नै छ। भौतिक विकासका चुनौती आफ्ना ठाउँमा छन्। तर यहाँ राजनीतिक र प्रशासनिक चुनौती सबैभन्दा प्रबल देखिने छन्। काठमाडौं महानगरलाई उदाहरणका रूपमा लिन सकिन्छ। यहाँ एमाले र राप्रपाको तालमेलबाट महानगर प्रमुख छन् भने उपप्रमुख कांग्रेस–माओवादी तालमेलबाट आएकी छन्। त्यसैगरी वडाहरू विशेष गरेर कांग्रेस र एमालेको कब्जामा छन्। यी राजनीतिक पक्षबीच समन्वय हुन सकेको अवस्थामा महानगरले गति लिनेछ। होइन एकअर्काबीच आरोप, प्रत्यारोप र हरेक मामलालाई राजनीतिक चश्माले हेर्ने गरियो भने महानगर जहाँको त्यहीँ रहनेछ। केन्द्रीय राजनीतिक र  सत्ता राजनीतिका खेलहरूको असर स्थानीय तहमा पर्न नदिने मानसिकता स्थानीय तहका निर्वाचितहरूको हु्नुपर्छ। त्यसो हुन सक्यो भने स्थानीय तहले जनअपेक्षा र नगरहरूको आवश्यकताअनुसार काम गर्न सक्छन्। होइन भने जनताका प्रतिनिधि जो राजनीति सत्ताका जिम्म्ोवार हुन्छन् उनीहरू स्थायी सत्ताको फन्दामा पर्नेछन्। आवधिक चुनावबाट परिवर्तन हुने राजनीतिक नेतृत्व र स्थायी सत्ताको प्रशासनबीच एक किसिमको द्वन्द्व छ  र मिलेमतोमा राज्यकोष रित्याउने  चलन पनि छ। राजनीतिक नेतृत्व जस्तै कर्मचारीका पनि आआफ्नै पार्टी छन्। यस अर्थमा  कर्मचारीले साथ दिने/नदिने दुवै खतरा रहन्छ जनप्रतिनिधिको। राजनीति गर्नेहरूमा आफूले चाहेपछि सबै थोक सम्भव छ भन्ने अधिनायकवादी मनोविज्ञान रहेको हुन्छ। उनीहरूमा हामी जनताबाट आएका हौं भन्ने अहम् हावी हुन्छ। उता कर्मचारी जमात नियम, कानुनका जन्जिर बोकेर बसेका हुन्छन्। आवधिक सत्ताधारी र स्थायी सत्ताधारीबीच समन्वयात्मक सम्बन्ध सबैभन्दा पेचिलो चुनौती हो स्थानीय तहको। नियम कानुनको बलमा जनताका प्रतिनिधिलाई आफ्नो कोल्टामा पार्ने अनुभवसिद्ध क्षमता छ हाम्रो कर्मचारीतन्त्रमा। त्यसैको अभ्यास हो रातारात महानगरका भित्ता रंगिन्ाु, बगैंचा सिर्जना हुनु र पर्खालहरू तस्बिरमा टांगिनु अनि रातो कार्पेट बिछ्याइनु। राजनीति गर्नेहरूले जनताबाट चुनिएरमात्र पुग्दैन, उनीहरूमा पाइलापाइलामा होसियार, सुझबुझ र समन्वय राखेर चल्न सक्ने क्षमता आवश्यक हुन्छ।   

प्रकाशित: १८ जेष्ठ २०७४ ०३:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App