५ वैशाख २०८१ बुधबार
राजनीति

भरतपुरमा पुनःमतदानको प्रस्ताव गरेको छैनः प्रमुख आयुक्त यादब

प्रमुख निर्वाचन अायुक्त अयोधीप्रसाद यादब। फाइल तस्विर

काठमाडौं—प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादबले भरतपुरमा पुनःमतदानको प्रस्ताव आफूले नगरेको बताएका छन्। भरतपुर वडा नं.१९ को स्थगित मतगणनाबारे निर्णय गर्न निर्वाचनमा आयोगमा बैठक जारी रहेका बेला उनले यस्तो बताएका हुन्।

'भरतपुरमा पुनःमतगणना गराउने प्रस्ताव बैठकमा मैले राखेँ भन्ने विषय विल्कुल झुटो हो', नागरिकन्युजलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, 'यो गलत हल्ला कसरी फैलियो थाहा छैन।'

'भरतपुरमा पुनःमतगणना गराउने प्रस्ताव बैठकमा मैले राखेँ भन्ने विषय विल्कुल झुटो हो', नागरिकन्युजलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, 'यो गलत हल्ला कसरी फैलियो थाहा छैन।'

आइतबार मध्यरातिदेखि स्थगित भरतपुर महानगरपालिकाको मतगणनाबारे निर्णय गर्न प्रमुख अायुक्त यादबसहित सबै आयुक्तहरुको बैठक बसिरहेको छ।

भरतपुरको मतपत्र च्यातिएको विषयमा आयोगले सोमबार सहन्यायधीवक्ता गीताप्रसाद तिम्सिनाको संयोजकत्वमा गृहमन्त्रालयका सहसचिव महेश आचार्य र प्रहरी नायब महानिरीक्षक केदारमान सिंह भण्डारी सदस्य रहेको छानबिन टोली गठन गरेको थियो। टोलीले बुधबारै निर्वाचन आयोगलाई प्रतिवेदन बुझाउँदै मतदान स्थल माअाेवादीले कब्जा गरेको नभई मतगणना अवरुद्ध मात्र पारेको प्रतिवेदन बुझाएको छ।

सो प्रतिवेदनको अध्ययन गरी निर्णय लिन दिउसो २:३० बजेदेखि आयोगको बैठक बसिरहेको हो। बैठकले अाजै पुनःमतदान वा मतगणनालाई निरन्तरता दिनेबारे निर्णय गर्ने अपेक्षा गरिएको छ। बैठक लम्बिँदा विभिन्न अड्कलबाजी भइरहेका छन्।

माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल पुत्री रेणु दाहाल उम्मेदर रहेको भरतपुर महानगरपालिका १९ को मतगणना भइरहँदा उनकै पार्टीका बुथ प्रतिनिधिले अाइतबार मध्यराति पाँच वटा मतपत्र च्यातेका थिए। आफू बाथरुम गएकाले घटनामा संलग्न नदेखेको बताउने मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले आइतबार मध्यरातदेखि मतगणना स्थगित गरेका थिए। मतपत्र च्यात्ने माओवादी बुथ प्रतिनिधि मधु न्यौपाने र द्रोणबाबु सिवाकोटी चितवन प्रहरी हिरासतमै छन्।

भरतपुर महानगरपालिकाका एमाले मेयर प्रत्यासी देवी ज्ञवाली माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल भन्दा ७ सयभन्दा बढी मतले अगाडि रहेको अवस्थामा माअाेवादी कार्यकर्ताले मतपत्र च्यातेका थिए। घटनाको प्रकृति केलाउँदै प्रमुख प्रतिपक्षी एमालेले योजनाबद्ध रुपमा सत्ता पक्षले भरतपुरमा पुनःमतदान गराउने षड्यन्त्र गरी घटना गराएको आरोप लगाउँदै अाएको छ। मतपत्र च्यात्ने कार्यमा संलग्न सत्तारुढ माओवादी केन्द्रले वडा नं.१९ पुनःमतणनाको माग गर्दै आएको छ।

प्रकाशित: १७ जेष्ठ २०७४ १३:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App