७ वैशाख २०८१ शुक्रबार
राजनीति

सरकारले पदकको गरिमा घटायो: अध्यक्ष पहारी

काठमाडौं- युवा संघका अध्यक्ष राजव पहारीले सरकारले वितरण गरेको पदकले गरिमा घटाएको बताएका छन्। पाल्पा को तानसेन मा युवा संघ जिल्ला कमोटी पाल्पाले आयोजना गरेको कार्यक्रम लाई सम्बोधन गर्दै उनले म्यागासेसे पुरस्कार प्राप्त महावीर पुन आफुले पाएका पद लिलामीमा राखेर आविस्कार केन्द्र खोल्न हिंडिरहेका बेला कुनै योगदान नभएकाहरुलाई सरकारले पदक बाँड्दा गणतन्त्रबादीको शीर निहुरीएको बताए।  

उनले एमालेको मुलुक मा बिकल्प नरहेको बताउँदै भरतपुरमा एमाले को बिजयलाई रोक्न नाटक गरिएको आरोप लगाए।  बजेट मा युवा केन्द्रित कार्यक्रमको कटौती गरेको र शिक्षा र स्थानीय तह को बजेट घटाएको समेत बताए। कार्यक्रममा एमाले नेताहरु सोम पान्डे, ठाकुर गैरे लगायतले बोलेका थिए।

प्रकाशित: १७ जेष्ठ २०७४ १३:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App