coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

भरतपुरमा मतगणना कि पुनःमतदान? निर्णय लिन आयोग बैठक जारी

काठमाडौं—भरतपुर महानगरपालिकामा माओवादी केन्द्रका बुथ प्रतिनिधिले मतपत्र च्यातेपछि स्थगित भएको मतगणनाबारे निर्णय गर्न निर्वाचन आयोगमा बैठक जारी छ। बैठकमा प्रमुख आयुक्त अयोधीप्रसाद यादबसहित पाँचै जना आयुक्त सहभागी छन्।

तीन बजेदेखि चलिरहेको बैठक भरतपुरमा मतगणनालाई निरन्तरता दिने अथवा पुनःमतदानमा जाने भन्ने विषयमा निर्णय लिनेछ।

'तीन बजेदेखि बैठक बसिरहेको छ', निर्वाचन आयोग स्रोतले भन्यो, 'भरतपुर महानगरपालिकाको मतगणनाबारे आयोगले आजै निर्णय दिँदैछ।'

भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा मतपत्र च्यातिएको विषयलाई लिएर निर्वाचन आयोगद्वारा गठित छानबिन टोलीले प्रतिवेदन बुझाएपछि सो बारेमा निर्णय लिन आयुक्तहरुको बैठक बसिरहेको हो।

'तीन बजेदेखि बैठक बसिरहेको छ', निर्वाचन आयोग स्रोतले भन्यो, 'भरतपुर महानगरपालिकाको मतगणनाबारे आयोगले आजै निर्णय दिँदैछ।'

भरतपुरका मेयर प्रत्यासी एमालेका देवी ज्ञवालीले अग्रता लिइरहेको अवस्थामा माओवादीका बुथ प्रतिनिधिले मतपत्र च्यातेका थिए। चितवन प्रहरीले मतपत्र च्यात्ने दुई जनालाई पक्राउ गरेको छ।

मतपत्र च्यातिएपछि चितवनका मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले प्रतिवेदन बनाएर निर्वाचन आयोगमा पठाएका थिए। सोही आधारमा आयोगले सोमबार सहन्यायधीवक्ता गीताप्रसाद तिम्सिनाको संयोजकत्वमा गृहमन्त्रालयका सहसचिव महेश आचार्य र प्रहरी नायब महानिरीक्षक केदारमान सिंह भण्डारी सदस्य रहेको छानबिन टोली गठन गरेको थियो।
 

मङ्गलबार दिउँसो काम सकेर काठमाडौं फर्किएको टोलीले प्रतिवेदन बुझाएपछि सो बारे निर्णय गर्न आयुक्तहरुको बैठक बसेको हो।
 

पछिल्लो मत परिणामअनुसार महानगरपालिका प्रमुख पदमा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवाली माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल भन्दा ७३३ मतले अगाडि रहेका थिए। महानगरमा एक लाख १२ हजार ७४१ मत खसेको थियो।

प्रकाशित: १७ जेष्ठ २०७४ ११:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App