धारिलो हतियार प्रहार गरी महिलाको हत्या

बुधबार, १७ जेठ २०७४, १५ : ५४ नागरिक

खोटाङ– खोटाङमा स्याउला र घाँस काट्न गएकी महिलाको धारिलो हतियार प्रहार गरेर हत्या गरिएको छ। जंगलमा स्याउला र घाँस काट्न गएकी हलेसी तुवाचुङ नगरपालिका–७ महादेबस्थान हलेसीकी ५७ वर्षीय ज्ञानीमायाँ बिश्वकर्माको मंगलबार साँझ हत्या भएको हो।

स्याउला काटेर फर्कँदै गरेको बेलामा बिकको हलेसी–दिक्तेल सडकको घुम्तीबाट ईलाका स्वास्थ्यचौकी हलेसी जाने बाटोमा पर्ने पात्ले टोलमा हत्या गरिएको भेटिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नबिनकिशोर प्रधानले बताए।

नचिनिएका व्यक्तीको खुकुरी प्रहारबाट बिकको घट्नास्थलमै मृत्यु भएको थियो। उनको हत्यापछि कानमा लगाएको रिङ, फुली, सौभाग्य लगायतका गरहगना लुटेको पाइएको छ।

‘जंगलबाट घाँस÷स्याउला काटेर घर फर्कँदै गरेको अवस्थामा बिकको हत्या भएको छ,’ डिएसपी प्रधानले भने, ‘घट्नास्थल प्रकृति मुचुल्का, लाश जाँच मुचुल्का लगायत प्रारम्भिक अनुसन्धानपछि शव पोष्टमार्टम गर्न जिल्ला अस्पताल पठाइसकेका छौँ।’

शरीरमा भएको गरगहना लुट्नकै लागि बिकको हत्या गरिएको हुनसक्ने अनुमान गरिएको छ । महिलाको हत्या भएको घट्नाको विषयलाई लिएर प्रहरीले शंकित दुई जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको जनाएको छ । हत्यामा संलग्न दोषीलाई पत्ता लगाउनका लागि जिल्ला प्रहरी कार्यालयले प्रहरी परिचालन गरेको छ। रिताको शवसँगै डोकोमा आधा भारी स्याउला भेटिएको स्थानीय डिल्ली चामलीङले बताए।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

आइएमईमा डबलको डबलको डबल अफर

आइएमईमा डबलको डबलको डबल अफर

सेवाग्राहीद्वय सोमर तामाङ्ग र विशाल नगरकोटी दसैँमा आइएमईको डबलको डबलको डबल अफर अन्तर्गत पहिलो महिनाको विजेता घोषित भएका छन् ।

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंकले मोरङको जिल्लाको विराटनगर–०१, पुष्पलालचोकमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन विराटनगर नगरपालिकाका नगर प्रमुख भिम पराजुलीले...

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्ट्स लिमिटेडले हिन्दुहरुकोे महान पर्व तिहारको अवसर पारेर सम्पूर्ण ग्राहकहरुलाई दिपावलीको शुभकामना व्यक्त गर्दै “यो तिहार शिवमको"  साथमा, चाँदीको...

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालन सुरु गरेपछि क्रमिक रुपमा आम्दानी हुँदै गयो । खर्च कटाएर एक वर्षमा रु तीन लाख जति आम्दानी भएपछि यतिखेर...

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मकवानपुरको मनहरीमा प्रदेश नं ३ सरकारले दुई अर्ब रुपैयाँ लगानीमा कागज उद्योग स्थापना गर्ने भएको छ । ...

सुनको मूल्य सय रुपैयाँ घट्यो

सुनको मूल्य सय रुपैयाँ घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ७० हजार ६ सय रुपैयाँ कायम भएको छ । ...

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयर प्रालिले खरिद गरेको नयाँ हेलिकप्टरले व्यावसायिक उडान सुरु गरेको छ । ...

Ncell Footer Ad