भरतपुरमा मत च्यातिएकोबारे टोलीले प्रतिवेदन बुझायो

बुधबार, १७ जेठ २०७४, १५ : १९ नागरिक

चितवन- भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा मतपत्र च्यातिएको विषयलाई लिएर निर्वाचन आयोगद्वारा गठित छानबिन टोलीले आज निर्वाचन आयोगमा आफ्नो प्रतिवेदन बुझाएको छ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार उक्त टोलीले आयोगमा आफ्नो प्रतिवेदन दर्ता गराएको हो । मतपत्र च्यातिएपछि निर्वाचन आयोगले सोमबार सहन्यायधीवक्ता गीताप्रसाद तिम्सिनाको संयोजकत्वमा गृहमन्त्रालयका सहसचिव महेश आचार्य र प्रहरी नायब महानिरीक्षक केदारमान सिंह भण्डारी सदस्य रहेको छानबिन टोली गठन गरेको थियो।

टोलीले सोमबार नै यहाँ आएर काम थालेको थियो । मङ्गलबार दिउँसो काम सकेर फर्किएको टोलीले आज आफ्नो प्रतिवेदन आयोगमा बुझाएको हो ।

आयोगले यो विषयलाई छिटो टुङ्यग्याउने पक्षमा छ, प्रवक्ता शर्माले भने– “निर्वाचन आयुक्तहरुले सम्भवतः आजै बैठक बसेर यसबारे निकास निकल्न सक्छ ।”

टोलीमा सहजकर्ताका रुपमा सहभागी भएका उपसचिव कृष्ण अधिकारीकाअनुसार टोलीले आफ्नो राय दिन नमिल्ने भएकाले भेट गरेका व्यक्तिले जे–जस्तो बताएका छन्, ती भनाइलाई प्रतिवेदनमा समावेश गरिएको छ।

सो टोलीले यहाँका राजनीतिक दलका प्रमुख, मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख, मतगणनास्थलमा खटिएका सशस्त्र प्रहरीको टोली प्रमुखलगायत गणनामा सहभागी कर्मचारीसँगसमेत रायसुझाव लिएको थियो।

आइतबार राति ११:४४ बजेको समयमा मतगणना हुँदै गर्दा दलका प्रतिनिधिले मतपत्र च्यातेका थिए । सो क्रममा प्रहरीले (माओवादी केन्द्र)का दुई जनालाई नियन्त्रणमा लिएको छ। मतपत्र माओवादी केन्द्रका प्रतिनिधिले च्यातेको दावी नेकपा एमालेको छ भने माओवादी केन्द्रले एमालेका प्रतिनिधिले मतपत्र च्यात्न खोजेपछि रोक्ने क्रममा मतपत्र च्यातिएको विज्ञप्तिमार्फत जनाएको छ।

माओवादी केन्द्र र नेपाली काँग्रेसले मतपत्र च्यातिएको भरतपुर महानगरपालिका– १९ को मतदान पुनः गर्नुपर्ने माग गरिरहेका छन् भने एमालेले च्यातिएको मतपत्र छोडेर बाँकी मतपत्र गणना गर्नुपर्ने माग गरिएको छ । दलका प्रतिनिधिले गेटमा बसेर मतपत्रको सुरक्षा दिइरहेका छन्।

भरतपुर महानगरपालिका– १९ को मतगणना अन्तिमचरणमा पुग्न लाग्दा मतपत्र च्यातिएको हो। पछिल्लो मत परिणामअनुसार महानगरपालिका प्रमुख पदमा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवाली माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल भन्दा ७३३ मतले अगाडि रहेका थिए।

महानगरमा एक लाख १२ हजार ७४१ मत खसेको थियो । यसैबीच नेकपा एमाले चितवनले तत्काल मतगणनाको माग गर्दै मङ्गलबारदेखि विरोधस्वरुप मतगणनास्थल बाहिर धर्नामा बसेका छन्। रासस

 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

लन्च भयो वाइफाईको नयाँ स्तर - वाइफाई ६

लन्च भयो वाइफाईको नयाँ स्तर - वाइफाई ६

वाइफाई ६ को मुख्य उदेश्य नै भिडभाड भएको ठाउँमा राम्रोसँग वाइफाई चल्ने बनाउनु हो ! ...

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

Ncell Footer Ad