coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नमूना मतदानमै अलमलिए मतदाता

खोटाङ– स्थानीय तहको दोश्रो निर्वाचनका लागि मतदाता शिक्षा कार्यक्रम प्रभावकारी हुन नसकेको पाइएको छ। गाउँ–गाउँमा तालिम प्राप्त मतदाता शिक्षा स्वयंसेबक खटाइएको भए पनि मतदाता शिक्षा कार्यक्रम अपेक्षितरुपमा प्रभावकारी बन्न नसकेको पाइएको हो। खोटाङमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको भएपनि जिल्ला निर्वाचन कार्यालयले बुधबार बिहान आयोजना गरेको नमूना मतदान कार्यक्रममा ११ मत बदर भएको छ। कुल ४३ जना सहभागीले नमूना मतदानमा सहभागीता जनाएकामा ११ मत बदर भएको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताए । ‘जम्मा ४३ जनाले नमूना मतदातमा सभागीता जनाएकामा ११ मत बदर भएको छ,’ जिल्ला निर्वाचन अधिकारी खत्रीले भने, ‘११ उम्मेदवारको चिह्नमा खसेको मत बदर बिग्रिएको छ । क्रस मत बढि बदर भएको पाइएको छ।’

नमूना मतदानमा सहभागी ज्येष्ठ नागरिक मत हाल्नेक्रममा अलमलमा परेका थिए । अलमलमा परेका सहभागीले मूख्या निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, निर्वाचन कार्यालयका प्रतिनिधी, दलका प्रतिनिधि, पर्यबेक्षक लगायतको भूमीका निर्वाह गरिरहेकाहरुलाई समय लिएर जिज्ञासा राखेपछि मात्र नमूना मतदान गरेका थिए। कतिपय मतदाताले मत हाल्ने विधिकै विषयमा जानकारी नपाएको देखिएको छ। गोप्य कोठामा गएर स्वस्तिक चिह्न मसीमा चोब्न नजान्दा मत हालेको ठाउँमा स्वस्तिक चिह्न नदेखिँदा दोहोर्याएर छाप हाल्ने गरेको देखिएको छ । कतिपय मतपत्र पट्याएर मतदान पेटीकामा खसाउनेक्रममा समेत अलमलमा परेका थिए । उनीहरुमा देखिएको अलमलले मतदाता शिक्षा कार्यक्रम प्रभावकारी हुन नसकेको टिप्पणी गरिएको छ । अधिकांश मतदाता समक्ष मतदाता शिक्षा स्वयंसेवक नपुगेको गुनासो आउन थालेका छन् ।

जिल्लामा गत बैसाख १ गतेदेखि सुरु भएको मतदाता शिक्षा कार्यक्रम बैशाख १२ गतेदेखि स्थगित गरेर पुःन जेठ ५ गतेदेखि सुचारु गरिएको छ । १७३ मतदान केन्द्र रहेको जिल्लामा स्थानीय तहको निर्वाचनका लागि १७५ जना मतदाता शिक्षा स्वयंसेबक खटाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । स्थानीय तहको निर्वाचन सम्वन्धी जानकारी गराउँदै निर्वाचनमा सहभागी हुन र मतदान गर्न जान प्रोत्साहन गर्ने, मतदाताले निर्वाचन सम्वन्धी राखेका जिज्ञासा र अस्पष्टतालाई स्पष्ट बनाउने, मतको महत्व बुझाएर मतदान गर्न सल्लाह दिने, स्थानीय तहको निर्वाचन प्रणाली र सरकार गठन सम्वन्धी व्यवस्था बारे स्पष्ट बनाउने, हरेक दलका घोषणा पत्र हेर्न आग्रह गर्ने, मताधिकार प्रयोगको गोप्यताका बारेमा आश्वस्त पार्ने, उम्मेदवारी दिने प्रकृया लगायतका विषयमा जानकारी दिनका लागि मतदाता शिक्षा कार्यक्रमलाई सञ्चालन भइरहेको छ।

प्रकाशित: १७ जेष्ठ २०७४ ०८:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App