८ वैशाख २०८१ शनिबार
राजनीति

काठमाडौँका मेयरले लिए सपथ (भिडियो)

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूले बुधबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । 

नगर प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गीसहित ३२ वडाका निर्वाचित वडाध्यक्ष र सदस्यले जिम्मेवारी सम्हाल्दै सपथ ग्रहण गरेका हुन् ।  

प्रमुख शाक्य र उपप्रमुख खड्गीले काठमाडौँ जिल्ला न्यायधीश दीपेन्द्र अधिकारीबाट र वडाध्यक्ष तथा सदस्यले प्रमुख शाक्यबाट राष्ट्रिय सभागृहमा सपथ ग्रहण गरे । 

नगर प्रमुख शाक्यले आजै दिउँसो ३ बजे पदबहाली गर्नेछन् । उनले महानगरपालिकाको कार्यालय बागदरबारस्थित जेडिए कम्प्लेक्समा पदबहाली गर्ने महानगरपालिकाले जनाएको छ । 

भिडियो हेर्नुहोस:

 

 

प्रकाशित: १७ जेष्ठ २०७४ ०७:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App