coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

शुक्रबारदेखि रार्ष्ट्रिय गणित सम्मेलन

काठमाडौं—नेपालमा शुक्रबारबाट तीन दिने राष्ट्रिय गणित सम्मेलन हुने भएको छ। संस्कृत विश्वविद्यालयअन्तर्गतको बाल्मीकि क्याम्पस गणित विभागको आयोजनामा हुने सो तीन दिने सम्मेलनमा १ सय १७ वटा कार्यपत्र प्रस्तुत हुने आयोजकले जानकारी दिए।

बाल्मीकि क्याम्पसमा आयोजना हुने सम्मेलनमा गणितको इतिहास तथा वर्तमान ट्रेन्ड्सबारे चर्चा हुनेछ। कार्यक्रममा नेपाली तथा विदेशी गरी १ सय ५० जनाभन्दा गणितज्ञको सहभागीता रहेन नेपाल गणित समाजले जनाएको छ।

कार्यक्रममा प्राचिन गणना पद्धति, गणितको इतिहास र गणितको क्षेत्रमा देखिएको नयाँ प्रवृत्तिको बारेमा छलफल हुने बताइएको छ।

प्रकाशित: १७ जेष्ठ २०७४ ०६:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App