८ वैशाख २०८१ शनिबार
अर्थ

हिमालयन ट्राभल मार्टको सम्पूर्ण तयारी पूरा

काठमाडौं – काठमाडौंमा पहिलो पटक नेपालकै स्वामित्वमा हुन गइरहेको ‘हिमालयन ट्राभल मार्ट’को तयारी पूरा भएको छ । पाटा नेपाल च्याप्टरको नेतृत्वमा नेपालको पर्यटन क्षेत्रको उत्पादन, नयाँ तथा पुराना गन्तव्य र मौलिक संस्कृतिलाई विश्व बजारमा आधुनिक शैलीमा बिक्री गर्ने उद्देश्यले राजधानीमा बिहीबारदेखि ट्राभल मार्ट आयोजना हुँदैछ ।  

पाटाका अध्यक्ष सुमन पाण्डेले नेपाल हिमालयको प्रवेशद्वार भन्ने सन्देशलाई प्रभावकारी ढंगले विश्व बजारमा लैजाने उद्देश्यले कार्यक्रम तय गरिएको बताए । ‘कार्यक्रमको तयारी पूरा भएको छ,’ उनले भने, ‘भूकम्पपछि नेपालको पर्यटन ४० प्रतिशत मात्रै उकालो लागेको छ । यसलाई पहिलेकै अवस्थामा फर्काउन कार्यक्रम गर्न लागेका हौं ।’ 

भूकम्प र नाकाबन्दीले शून्य रहेको पर्यटन उद्योगलाई हिमालयन ट्राभल मार्टले विश्व बजारमा नेपालको पर्यटनको चर्चा र बहस हुने नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डेले जानकारी दिए । 

ट्राभल मार्टमा बेलायत, अमेरिका, भारत, दक्षिण अमेरीका, चीन, सिंगापुर, श्रीलंका, कोरियालगायत देशबाट १०६ ब्लगर, ७० जना क्रेता, ४५ जना बिक्रेता र प्रसिद्ध वक्ता सहभागी हुने

उनका अनुसार मार्टमा सहभागी हुन मंगलबारसम्म विभिन्न देशका करिब एक सय जना नेपाल भित्रिसकेका छन् । मार्टमा बेलायत, अमेरिका, भारत, दक्षिण अमेरिका, चीन, सिंगापुर, श्रीलंका, कोरियालगायत देशबाट सहभागी रहेका छन् । सहभागीमध्ये ब्लगर, क्रेता र बिक्रेता नेपालको मौलिक कला, संस्कृति, प्राकृतिक सुन्दरताको अवलोकन गर्न पर्यटकीय क्षेत्र पनौती, चितवन, पोखरा, लुम्बिनीको भ्रमणमा निस्किएको अध्यक्ष पाण्डेले जानकारी दिए । 
कार्यक्रमको होस्ट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा मुख्य आयोजक नेपाल पर्यटन बोर्ड, आयोजना साझेदार नेपाल वायुसेवा निगम तथा पाटा नेपाल च्याप्टर रहेको छ ।  

साथै, ट्राभल मार्टमा नेपालकै इतिहासमा पहिलो पटक अन्तर्राष्ट्रिय ब्लग तथा मिडिया कन्फरेन्स पनि हुनेछ ।  
‘बि टु बि’ मार्ट शनिबार र आइतबार हुनेछ । बि टु बिलाई रौनक प्रदान गर्न ट्राभल ब्राण्डिङ, बजार अन्वेषण, अनुसन्धान गन्तव्य जस्ता विषय समाबेश गरी नेपाललगायत विश्वभरका विज्ञको संलग्नतामा हिमालय ट्राभल कन्फरेन्स भने शुक्रबार हुनेछ । 

विशिष्ट लेखन शैली, उत्कृष्ट फोटो तथा भ्रमण अनुभव सामाजिक संजालमा पोष्ट गरिने सामाग्रीको प्रभावको हिस्सा बढ्दै गएका कारण ट्राभल व्यवसायको प्रवद्र्धनमा ब्लगिङको महŒव बढिरहेको पाटाले जनाएको छ । विभिन्न देशका पर्यटक आगमनसँगै हिमालयन ट्राभल मार्टको रौनकता थपिएको पाटाले जनाएको छ । मार्टमा १०६ ब्लगर, ७० जना क्रेता, ४५ जना बिक्रेता र प्रसिद्ध वक्ताको सहभागिता रहनेछ । 

पाटाले यसअघि ६ पटक ट्राभल मार्ट आयोजना गरे पनि नेपालीको स्वामित्वमा भने भएको थिएन ।

प्रकाशित: १७ जेष्ठ २०७४ ०४:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App