coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

ओबरमा हस्ताक्षरले परनिर्भरता हट्ने

काठमाडौं – चीनले अघि सारेको बृहत परियोजना ‘वान बेल्ट वान रोड (ओबर)’ मा नेपालले गरेको सम्झौता ऐतिहासिक भएको उल्लेख गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालले त्यसमा हस्ताक्षर गरेसँगै एक देशमाथिको निर्भरता तोडिने बताएका छन् । 

इन्टरनेसनल कन्सर्न सेन्टर (आइसिसी) ले मंगलबार राजधानीमा आयोजना गरेको कार्यक्रममा ओलीले एक देशमाथिको परनिर्भरता तोड्ने काम चीनसँग भएको पारवहन तथा यातायात सम्झौताबाटै सुरु भएको र त्यसको निरन्तरता ओबर भएको बताए । 

‘हामीले एउटा देशसँग रहेको पूर्ण निर्भरता तोडेका छौं । ओबरमा हस्ताक्षर पारवाहन तथा यातायात सन्धिको निरन्तरताको रुपमा रहेको छ,’ ओलीले भने, ‘यो ऐतिहासिक अवसर हो । यो सफलताले उचाइ प्राप्त गरेको छ ।’ चीनले अघि सारेको उक्त परियोजनामा सहभागी हुँदै नेपालले गत महिना ओबरको  सम्झदारीपत्रमा हस्ताक्षर गरेको थियो । 

‘ठूला देश आफ्नो मात्रै स्वार्थमा केन्द्रित हुनुहुँदैन,’ ओलीले भने, ‘सबै छिमेकीलाई विकास सँगसँगै लिएर अघि बढ्नुपर्छ ।’ उनले ओबार लिप सर्भिस (ओठे भक्ति) नभएको बताए । 

पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता रामशरण महतले ओबरको माध्यमबाट नेपालले भूपरिवेष्टितका कारण कुण्ठित अवस्थाबाट मुक्त पाउने लागेको बताए । ‘पहिले नेपाल हुँदै मध्य एसियामा व्यापार हुने गरेको थियो,’ महतले भने, ‘अंग्रेजले दार्जिलिङको रेल काठमाडौंमासम्म ल्याउन खोजेको थियो । तर त्यस समयका कन्जरभेटिभ शासकले त्यो काम गर्न दिएनन् ।’ उनले ओबर कनेक्टिभिटीमा मात्रै नभएर ज्ञान, व्यापार र शान्तिको हस्तान्तरणसमेत भएको बताए । 

एमाले सचिव प्रदीप ज्ञवालीले नेपाल उत्तर दक्षिण नदी कोरिडोरको माध्यमबाट चीनसँग जोडिनुपर्ने बताए । कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष युवराज खतिवडाले चीनसँगको वित्तीय सम्बन्ध विस्तारमा जोड दिए । 

प्रकाशित: १७ जेष्ठ २०७४ ०४:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App