८ वैशाख २०८१ शनिबार
राजनीति

चुनाव प्रचार गर्न रगत जाँच शिविर

धनगढी-  उम्मेदवारले प्रचार प्रसार गर्न घरदैलो, भेलाका अलाव नयाँ नयाँ शैली प्रयोग गर्न थालेका छन। धनगढी उपमहानगरपालिका वाडा नं ५ का अध्यक्षका स्वतन्त्र उम्मेदवार नविन चन्द्र जोशीले प्रचार प्रसार गर्न निशुल्क रगत जाँच शिविर आयोजना गरेका छन। पन्चोदय उच्च मा.वि.मा सुगर र किड्नीको निशुल्क जाँच शिविर राखेर उनले आफ्नो प्रचार प्रसार गरेका हुन। ‘नयाँ केही काम र सकरात्मक परिवर्तन गर्न मेरो उम्मेदवारी हो’उनले भने,‘प्रचार प्रसार पनि रचनात्मक काम गरेर गर्नुपर्छ भनेर मैले यो शिविर संचालन गरेको हुँ ।’ रगत जाँच गर्न पुग्ने वासिन्दालाई उम्मेदवारीको उदेश्य र ऐजेण्डा बताएको उनले बताए । जनतालाई सेवा दिएर प्रचार प्रसार गरेको शैली राम्रो भएको स्थानीयले बताएका छन्। धनगढी नगरपालिका लगायतमा इन्जिनियर भएर काम गरिसकेका जोशी डेनमार्कको कोपेनहेगेन बिश्वबिद्यालयवाट एम.एस. सि. बिपद व्यवस्थापन पढेर फर्केका छन। उनले कैलाली बहुमुखी क्याम्पसवाट एम.ए. समाजशास्त्र र काठमाण्डौ बिश्वविद्यालयवाट बि.ई. बातावरण इन्जिनियरिङ गरेका छन ।

प्रकाशित: १६ जेष्ठ २०७४ १३:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App