coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

गोकर्णेश्वर नगरको पहिलो निर्णय, फोहर नगर आफैले उठाउने

काठमाडौ- गोकर्णेश्वर नगरपालिका नवनिर्बाचित मेयरले नगरपालिकाले नै फोहोर उठाउने पहिलो निर्णय गरेका छन्।  काठमाडौ उपत्यकाका  १०  नगरमध्ये उक्त नगरपालिकामा  वाग्मती नदिको क्षेत्र पर्ने र तथा फोहोरमैलामा उचित व्यवस्थापन हुन नसकेको भनि आलोचना खेपिरहेको अवस्थामा नगरले पहिलो निर्णय फोहोर आफैले उठाउने निर्णय गरेको हो । यसअघि विभिन्न समूहले आफू अनुकुल फोहोर संकलन गर्दै आएका थिए । वाग्मती सफाई महाअभियान समेत सञ्चालन भएको तर उक्त क्षेत्रमा फोहोर व्यवस्थापन हुने गरेको भनि आलोचन आफूले सुनेकाले त्यसको उचित व्यवस्थापन गर्न यस्तो निर्णय गरेको गोकर्णेश्वर नगरपालिका नव निर्वाचित  मेयर सन्तोष चालिसेल बताए ।  चालिसेले पाँच वर्षको कार्यकालमा फोहोरमैला मुक्त र पिच सडकमात्रै भएको नगरको रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

निर्वाचित भएपछि स्थानीय युवा र महिला समुहले गरेको सम्मानमा बोल्दै प्रमुख चालिसेले पदवाहाली गरेको दिनवाट फोहोर उठाउन र खाल्डा परेका सडक पिच गराउने अभियान शुरु गरेको जानकारी दिएका हुन् ।

 ‘भोट दिएर जिताउनु भएका मतदाताले गरेको सम्मान  नभई जिम्मेवारी सम्झाएको रुपमा मैले लिएको छु ’ सम्मान  ग्रहण गर्दै प्रमुख चालिसेले भने ‘ निर्वाचित भएको दिनमा त रमाइलो लागेको थियो तर आजभोली निन्द्रा लाग्दैन जिम्मेवारी धेरै भएको रुपमा लिएको छु।

नव निर्वाचित मेयर, उप–मेयर, वडा सदस्यहरुलाई संयुक्त रुपमा बधाई एवं सफल कार्यकालको शुभकामना तथा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण कार्यक्रम गरिएको थियो । सम्मान कार्यक्रममा वोल्दै जय नेपाल युवा संस्थाका अध्यक्ष तथा नेपाली काग्रेसका कान्छा महाधिवेशन प्रतिनिधी राजु सुनारले जिम्मेवारी सम्झाउन संस्थाले सम्मान गरेको बताए । पाँच वर्षसम्म जनताको पक्षमा काम गर्न र मतदाताले अनुगमन गरिरहेको संन्देश दिनका लागि आगमी दिनमा पनि आफूहरु तयार रहेको सुनारले बताए।

 

प्रकाशित: १६ जेष्ठ २०७४ १२:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App