७ वैशाख २०८१ शुक्रबार
राजनीति

बजेटमा ‘ब्रेक थ्रु’ गरेर संघीयता कार्यान्वयन: अर्थमन्त्री महरा

काठमाडौं- अर्थमन्त्री कृष्णबहादुर महराले सरकारले बजेटमार्फत संघीयता कार्यान्वयन सुरु गरेको बताएका छन्। महराले पहिलो पटक स्थानीय तहमा अहिलेसम्मकै ठूलो बजेट पठाएर ब्रेक थु्र गरेको दाबी गरे। ‘बजेटमा ब्रेक थ्रु गरेर संघीयता कार्यान्वनयमा ल्याएका छौं,’ महराले मंगलबार अर्थमन्त्रालयमा आयोजित पत्रकार भेटघाटमा भने, ‘सिंहदरवारबाट वितरण हुने बजेट अब स्थानीय तहमा पुगेको छ।’

महराले केन्द्रमा बजेट राखेर हालीमुहाली गर्नेहरुको दिन गएको समेत दाबी गरे । ‘केन्द्रमै बजेट राख्नेहरु अहिले दुखि भएका छन्,’ उनले भने, ‘तल्लो तहमा बजेट जाँदा आम जनता खुसी भएका छन्।’

महराले सोमबार आगामी आर्थिक वर्षका लागि १२ खर्ब ७८ अर्ब ९९ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका थिए। सात सय ४४ स्थानीय तहलाई २ खर्ब २५ अर्ब रुपैयाँ बजेट विनियोजन भएको छ। तल्लो तहमा पुगेको बजेट जनप्रतिनीधिलेनै योजना बनाएर खर्चिन सक्ने उनले बताए।

महराले केन्द्रमा बजेट राखेर हालीमुहाली गर्नेहरुको दिन गएको समेत दाबी गरे । ‘केन्द्रमै बजेट राख्नेहरु अहिले दुखि भएका छन्,’ उनले भने, ‘तल्लो तहमा बजेट जाँदा आम जनता खुसी भएका छन्।’

 बजेटमा जनताको अधिकार स्थापित भएको भन्दै बजेट माग्न सिंहदरवार धाउनु पर्ने बाध्यताको अन्त्य भएको टिप्पणी गरे । आगामी आर्थिक वर्ष ७.२ प्रतिशतको आर्थिक वृद्धि हुने महराको तर्क थियो।

प्रकाशित: १६ जेष्ठ २०७४ ११:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App