८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

किम जोङको हत्यामा संलग्न महिला यौनकर्मी भएको खुलासा

गत फ्रेबुअरी १३ मा मलेसियामा भएको  किम हत्यामा संलग्न दुई  महिलाहरु यौनकर्मी भएको खुलेको छ।

उनीहरुले मलेसियाको क्वालालम्पुर विमानस्थलमा  नर्भ एजेन्ट नामक रसायनको प्रयोग गरी उनको हत्या गरेको तथ्य अनुसन्धानबाट पत्ता लागिसकेको छ। हत्याको आरोप सिती आइसा इन्डोनेसियाकी महिला र जान दी होँग भियतनामी महिलाहरु माथि लागेको थियो।

किमको हत्या उत्तर कोरियाले नै गरेको आरोप दक्षिण कोरियाले लगाएको थियो। भने दक्षिण कोरियाको उक्त आरोपलाई उत्तर कोरियाले भने अस्वीकार गर्दै आइरहेको थियो। 

मलेसियाका सञ्चार माध्यमहरुका अनुसार उनीहरुको फेसबुक पेजका आधारमा उनीहरु यौनकर्मी महिला भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले पत्ता लागेको छ । उनीहरुको पारिवारिक पुष्ठभूमी अनुसार आर्थिक स्तर कमजोर भएको पत्ता लागेको छ । आरोपी इन्डोनेसियाकी सिती आइराका बाबु आमा सामान्य किसान भएको र उनी र उनका तीन बहिनीहरुको सम्पूर्ण आर्थिक जिम्मेवारी उनीमा भएकाले उनी यौन व्यवसायमा संलग्न भएको प्रारम्भिक अध्ययनले बताएको छ।

भियतनामी महिला जान दी हौँगका बाबु भियतनामको एक युद्वमा घाइते भएका थिए। भने उनी सानै हुँदा उनकी आमाको मृत्यु भएको थियो। जसकारण उनी घर छोडेर मलेसिया आएको र यौन व्यवसाय गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले बताएको छ।

उनीहरु लामो समयदेखि  मलेसियामा यौन व्यवसाय गर्दै आएको खुलासा भएको छ। यद्यपि नाम हत्या कारण बारे भने खुलेको छैन।

प्रकाशित: १६ जेष्ठ २०७४ १०:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App