८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

इराकमा बम विस्फोट हुँदा १३ को मृत्यु

इराकको राजधानी बग्दाद नजिकै एक आइस् क्रिम पसल बाहिर बम विस्फोट हुँदा १३ जनाको मृत्यु भएको छ भने २४ घाइते भएका छन्।

मुस्लिम सम्प्रदायको महान् चाड रमदान मनाइरहेको समयमा उक्त बम विस्फोट गराइएको थियो। मुस्लिम पर्व रमादान मनाइरहेका मानिसहरु घटना पश्चात् यत्रतत्र भएका थिए। घटना  मुस्लिम सिया सम्प्रदायका मानिसहरुको बाहुल्यता रहेको क्षेत्रमा भएको थियो।

बम विस्फोटबाट घटनास्थल नजिकैका केही भवन तथा सवारी साधनहरुमा क्षति पुगेको छ । घटना केही कारमा आएका मानिसहरुले गराएको प्रत्यक्षदर्शीले बताएका  भएपनि घटनाको जिम्मा कसैले लिएको छैन। पछिल्लो समय इस्लामिक स्टेटले अपराधिक गतिविधिहरु गरेकोले उक्त  विस्फोट इस्लामिक स्टेटले गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ। घाइतेहरुको अवस्था गम्भीर भएकाले मृत्तक संख्या बढ्न सक्ने सञ्चार माध्यमहरुले जनाएका छन्। 

प्रकाशित: १६ जेष्ठ २०७४ १०:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App